आज:  | Sun, 19, May, 2024

निलकण्ठ नगर प्रमुख ढुंगाना र धादिङ समाज जापानबिच फ्याराफिट निर्माण गर्न सम्झौता

२६ कार्तिक २०८०, आईतवार ०८:४० मा प्रकाशित ( ६ महिना अघि) ४३४ पाठक संख्या
नारी बाटिका


भगवती भण्डारी उप्रेती(BBU)

नारी वाटिका संवाददाता

धादिङ,२६ कात्तिक ।

धादिङको निलकण्ठ नगरपालिका स्थित खुल्लामञचमा फ्याराफिट निर्माण गर्नको लागी निलकण्ठ नगरपालिकाका मेयर भिम प्र. ढुंगाना र धादिङ समाज जापानबिच सम्झौता भएको छ । नगरपालिकाको कार्यक्रमको शिलसिलामा हाल जापान भ्रमणमा रहन भएका नगर प्रमुख भीम प्रसाद ढुंगाना र धादिङमा जन्म भई भई जापानलाई कर्मथलो बनाएर बसेका धादिङका नागरिकहरुद्धारा गठित धादिङ समाज जापान बिच फ्याराफिट निर्माण गर्न सम्झौता भएको हो ।

केही दिनदेखी जापान भ्रमणमा रहनु भएका नगरपालिकाका प्रमुख तथा नेपाल नगरपालिका संघका केन्द्रीय अध्यक्ष भीम प्रसाद ढुंगाना र धादिङ समाज जापानका अध्यक्ष श्यामहरी तिम्सिना बिच सम्झौता पत्रमा हस्ताक्षर गरी समाजको आर्थिक सहयोगमा निर्माण गर्ने लक्षका साथ शनिबार सम्झौता भएको भिम प्र.ढुगानाको सचिवालयले जनाएको छ ।

धादिङ जिल्ला नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा पर्ने सरकारी कार्यलय एरियामा अवस्थित खुल्ला मञ्चमा प्याराफिट निर्माण हुने भएको छ । मेयर भीम प्रसाद ढुंगाना र धादिङ समाजका अध्यक्ष श्यामहरी तिम्सिनाबिच प्याराफिट निर्माणका लागी ३ बुँदे सहमति पत्रमा हस्ताक्षर गरिएको छ ।

नगरपालिका र धादिङ समाज जापानको संयुक्त लगानिमा निर्मित गरिएको भन्ने शिला लेखमा लेखिने गरी धादिङ समाज जापान र नगरपालिकाको सहमतिमा धादिङ समाज जापानद्वारा १० लाख रहमसम्म उपलब्ध गराउने र परियोजना सुरु भए पश्चात ५० प्रतिशत रकम र सम्पन्न भएपछि बाँकि ५० प्रतिसत रकम उपलब्ध गराउने गरी सहमती भएको मेयर ढुंगानाले बताउनु भएको छ ।

साथै धादिङ समाज जापान र नगरपालिका बिच सहमति पत्रमा हस्ताक्ष गर्नुपर्ने लगायत बुँदामा हस्ताक्षर गरिएको थियो । यसअघि मेयर ढुंगानाले जापानको युहुहारा नगरपालिकासँग पनि निलकण्ठ नगरपालिकाका र जापानका कामदार आदान प्रदान गर्ने विषयमा सम्झौता गरिएको मेयर ढुंगानाले जानकारी गराउनु भयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%१%

प्रतिक्रिया दिनुहोस