आज: २०८३ बैशाख १५, मंगलबार | Tue, 28, Apr, 2026

आज देशभरका अधिकांश सहरी क्षेत्रमा वर्षाको सम्भावना

२०८३ बैशाख १५, मंगलबार मा प्रकाशित ( २ घण्टा अघि) ६८३ पटक पढिएको
नारी बाटिका


बिबियु- नारी वाटिका संवाददाता
धादिङ -१५ वैशाख ।

आज देशका अधिकांश भागमा मेघगर्जन तथा चट्याङसहितको वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार सातै प्रदेशका विभिन्न सहरको महाशाखाले गरेको अद्यावधिक विबरण अनुसार तराई, पहाड तथा हिमाली भुभागमा वर्षाको प्रभाव देखिने अनुमान गरिएको हो।

जस अनुसार आज भैरहवा, सिमरा, जनकपुर, विराटनगरसहितका तराई भागका सहरमा अहिले दिउँसो हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ । साथै आज राति पनि वर्षा जारी रहने अनुमान गरेको छ।

यसका साथै यी क्षेत्रमा अधिकतम तापक्रम ३० देखि ३६ डिग्री सेल्सियसको आसपासमा रहने महाशाखाले जनाएको छ।

सोही कारण काठमाडौंको उपत्यकामा आज दिनभर मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र उक्त क्षेत्रमा अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियस रहने छ भने रातिको तापक्रम १६ देखि १८ डिग्री सेल्सियसमा झर्ने बताइएको छ।

यस्तै देशको पूर्वी नेपालको पहाडी क्षेत्र धनकुटा, जिरी, ताप्लेजुङ र ओखलढुङ्गामा पनि वर्षाको प्रभाव देखिने भएको छ। उक्त क्षेत्रमा बेलुका र रातिको समयमा मध्यम वर्षा हुनेछ।

यस्तै पोखरा, जोमसोम र जुम्ला क्षेत्रमा पनि मेघगर्जनसहित हल्का वर्षा हुने । देशको पश्चिमी क्षेत्र धनगढी, नेपालगञ्ज र वीरेन्द्रनगरमा दिउँसो हल्का वर्षा हुने र राति आंशिक बदली रहने सम्भावना छ । यी क्षेत्रमा वर्षा भने कम हुने अनुमान गरिएको छ।

मौसममा केही फेर वदल भई उक्त क्षेत्रमा मेघगर्जन, र चट्याङसहितको जोखिम रहेकाले सतर्कता अपनाउन सर्वसाधारणलाई विभागलेआग्रह गरेको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस