आज:  | Tue, 30, Apr, 2024

तिहारको अन्तिम दिन आज विधिपूर्वक भाई टिका लगाइदैछ ।

२९ कार्तिक २०८०, बुधबार ०४:०० मा प्रकाशित ( ५ महिना अघि) ३९७ पाठक संख्या
नारी बाटिका


भगवती उप्रेती

नारी वाटिका संवाददाता

काठमाडौँ,२९ कात्तिक ।

तिहारको अन्तिम दिन आज विधिपूर्वक भाई टिका लगाइदैछ । नेपालीहरुको महानपर्व दोस्रो ठुलो चाड  तिहारको भाइटिका अर्थात यमपञ्चकको अन्तिम दिन र यसको महत्व विशेष रहेको छ ।

आजको दिन आफ्ना दाजु भाईलाई यमराजले अल्प आयुमानै नलगोस भन्दै दिदी वहिनीले कहिलै नसुक्ने तेलको घेरा र मखमली फुलको मालाले आफ्ना दाजु भाई लाई पुजा गर्ने उनिहरुको आयु लामो होस् भन्ने कामना गरी घरको दैलीमा ओखर फुटाएर दाजुभाईलाई खान दिने गर्दछन् ।

यसैैगरी आफ्ना दाजुभाईहरु दिर्घजिवी हुन् भन्ने कामना गरी आजको दिनमा दिदी बहिनीले दाजुभाईका निधारमा सप्तरंगी टिका लगाइदिने साथै दाजुभाई लाई कटुस,ओखर नरिवलका साथमा विभिन्न भाई मसला लगायतमा मिस्ठान्न परिकार र सेलरोटी दिने प्रचलन रहेको छ । त्यस्तै आजको दिनमा दिदी बहिनीले दाजुभाई लाई पुजा गरिसकेपछी दाजुभाईले पनि दिदी बहिनीलाई टिकाका साथमा आफ्नो गच्छे अनुसारको दक्षीण र उपहार दिने चलन रहि आएको छ ।

यो पर्व परापूर्वकालमा बहिनी यमुना र दाजु यमराजसँग कथा जोडिएको पाइन्छ । बहिनी यमुनाले दाजु यमराजलाई विशेष सम्मान गर्दै भाइपूजा गरेको धार्मिक विश्वास रहेको छ । यमपञ्चकका पाँच दिनसम्म दाजु यमराजले आफ्ना वहिनी यमुनाको घरमा बास गर्छन् भन्ने धार्मिक विश्वास रहेको छ ।

तिहारका यी पाँच दिन इन्द्रादी दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाडेको कथा पनि धार्मिक ग्रन्थमा पाइन्छ। भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दुबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदी बहिनी र दाजुभाइको सुख(समृद्धि, अरोग्य एवम् दीर्घायुको कामना गरिन्छ। ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस