आज:  | Tue, 30, Apr, 2024

मुलुकमा चुलिदैछ घाटै घाटा ..छ महिनामा करिब सात खर्ब व्यापार घाटाको प्रतिवेदन

७ माघ २०८०, आईतवार १९:२२ मा प्रकाशित ( ३ महिना अघि) ३२० पाठक संख्या
नारी बाटिका


काठमाडौँ ७ माघ।

मुलुकमा दिनप्रतिदिन चुलिदैछ ब्यपार घाटा….। .छ महिनामा करिब सात खर्ब व्यापार घाटाको प्रतिवेदन सार्वजनिक भएको छ । चालु आर्थिक वर्ष २०८०र८१ को अर्धवार्षिक समीक्षा गर्दा मुलुकले करिब सात खर्ब बराबर व्यापार घाटा व्यहोर्नु परेको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा सार्वजनिक भएको हो ।

भन्सार विभाग अनुसार यस आ.व.को पुस मसान्त सम्ममा अर्धवार्षिक समिक्षा गर्दा रू छ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख ९२ हजार बराबरको व्यापार घाटा देखिएको हो । यस्तै विभागको तथ्याङ्क अनुसार छ महिनामा नेपालले कूल रू आठ खर्ब ४३ अर्ब १३ करोड ४६ लाख ४९ हजार बराबरको वैदेशिक व्यापार गरेको छ । जसमध्ये रू सात खर्ब ६८ अर्ब १६ करोड ६५ लाख ७१ हजार बराबरको आयात भएको छ भने रू ७४ अर्ब ९६ करोड ८० लाख ७९ हजार बराबरको मात्रै निर्यात भएको थियो ।

गत आर्थिक वर्षको पछिल्लो छ महिनाको तुलनामा यस चालु आवको सोही अवधिमा आयात तीन दशमलव ०९ र निर्यात सात दशमलव २३ प्रतिशतले घटेको हो । वैदेशिक व्यापार तीन दशमलव ४७ प्रतिशतले घटेको छ भने व्यापार घाटा दुई दशमलव ६२ प्रतिशतले घटेको छ ।

यस चालु आवमा नेपालले सबैभन्दा धेरै छिमेकी राष्ट्र भारतसँग रू चार खर्ब २४ अर्ब ४४ करोड ८९ लाख २८ हजार बराबरको व्यापार घाटा व्यहारेको छ । छ महिनाको अवधिमा भारतबाट रू चार खर्ब ७४ अर्ब ८९ करोड ४१ लाख बराबरको आयात गर्दा भारतमा भएको निर्यात भने रू ५० अर्ब ४४ करोड २२ लाख बराबर मात्रै रहेको छ ।

नेपालले उच्च व्यापार घाटा व्यहोरेका मुलुकमा तीन, संयुक्त अरब इमिरेट्स, युक्रेन र मलेसिया क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ नम्बरमा छन् ।

पुस मसान्तसम्ममा चीनसँग रू एक खर्ब ४५ अर्ब ७९ करोड एक लाख १५ हजार, संयुक्त अरब इमिरेट्ससँग रू १२ अर्ब २६ करोड, युक्रेनसँग रू नौ अर्ब ९६ करोड र मलेसियासँग रू आठ अर्ब ६० करोड बराबर व्यापार घाटा छ । नेपालको वैदेशिक व्यापारमा नाफा कमाएका मुलुकको सूचीमा संयुक्त राज्य अमेरिका पहिलो स्थानमा छ ।

यसैगरी यसै चालु आवको छ महिनामा अमेरिकाबाट नेपालले रू सात अर्ब ६३ करोड ६३ लाख ६६ हजार बराबरको आयात गर्दा रू आठ अर्ब ३३ करोड ९९ लाख ६७ हजार बराबरको निर्यात गरेको छ । साथै अमेरिकासँग भने रू ७० करोड ३६ लाख बराबरको व्यापार नाफा गरेको छ ।

पछिल्लो छ महिनामा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको छ । पुस मसान्त सम्ममा रू ६६ अर्ब ४९ करोड ११ लाख बराबरको डिजेल, रू ३३ अर्ब ९१ करोड ९६ लाख बराबरको पेट्रोल, रू २५ अर्ब ४५ करोड बराबरको खाना पकाउने ग्यास आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%२%१%

प्रतिक्रिया दिनुहोस