आज:  | Sat, 27, Jul, 2024

हवाई इन्धन र एलपी ग्यासको मूल्य यथावत राख्दै ट्रोलियम पदार्थको मूल्य घट्यो

१९ जेष्ठ २०८१, शनिबार ०७:२९ मा प्रकाशित ( १ महिना अघि) ११७ पाठक संख्या
नारी बाटिका


काठमाडौं १९ जेठ ।

सुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक एक रुपैयाँ घटाएर मुल्य निर्धारण गरिएको हो । निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत नै राखेको जनाएको छ ।

मुल्य घटेपछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ । यसैगरी डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ कायम भएको छ । पछिल्लो समयमा भारतबाट आएको नयाँ मुल्यसूचीमा मूल्य घटेर आएकोले नेपालमा पनि आयल निगमले मुल्य घटाएको जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस