आज:  | Mon, 29, Apr, 2024

भाइटिका लगाएसँगै यसवर्षको झिलीमिली तिहारलाई विदा गरियो

३० कार्तिक २०८०, बिहीबार ०४:२५ मा प्रकाशित ( ५ महिना अघि) ३०६ पाठक संख्या
नारी बाटिका


काठमाडौँ,३० कात्तिक ।

वुधबार भाइटिका लगाएसँगै यसवर्षको झिलीमिली विदा गरिएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो पर्व तिहारको मुख्य दिन हिजो दिदीबहिनीबाट दाजुभाइले टीका लगा । यससँई तिहारलाई विदा गरिएको हो । नेपालीको दोस्रो महत्वपूर्ण पर्व हिजैदेखि सकिएको छ ।

तिहारको पाँचौँ दिन एवं यमपञ्चक समेत भनिने अन्तिम दिन भाइटीका पर्वमा दिदी बहिनीले आफ्ना दाजुभाइलाई ममता,श्रद्धा,आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको लागी कामना गर्दै परम्परा अनुसार सप्तरङ्गी टीका लगाएर मनाइएको हो ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाई सकेप दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् तोयराज नेपालले जानकारी दिनुभयो ।

वुधबार भाइटीका लगाउन दिनभर बाधा नभए पनि शुभ साइत भने बिहान १०ः५१ बजेको अभिजित् मुहूर्तको समय उत्तम भनी सार्वजनिक गरेको थियो । लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्ट दलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरीनछ ।

दिदी बहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी टीका लगाई मखमली, सयपत्री फुलका माला लगाइदिएका लगाई निे गरिन्छ ।
तिहारमा सप्तरङ्गी टीका लगाउने गरिएको भएतापनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा रङ्ग उल्लेख गरिएको धर्मशास्त्रविद्हरुको भनाइ छ ।

टीका लगाइदिएपछि दिदी बहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेल रोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा चलि आएकोछ ।

आफ्ना दिदी बहिनी नहुनेका लागि भाईटिकाका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइएको थियो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाईटिकाकै दिन मात्र खुल्ने गर्दछ । दिदी बहिनी नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा आजा एवं दर्शन गरी टीका लगाउने गर्दछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस