आज:  | Mon, 29, Apr, 2024

तिहारमा जुवा खेल्ने १६५ जना जुवाडेहरु पक्राउ साथै ३५ लाख रुपैयाँ बरामद

१ मंसिर २०८०, शुक्रबार ०७:१८ मा प्रकाशित ( ५ महिना अघि) २९२ पाठक संख्या
नारी बाटिका


काठमाडौँ,०१मंसिर ।

नेपाल प्रहरीले  जुवा खेल्ने १६५ जना जुवाडेहरु पक्राउ गेको छ । साथै जुवा खेलिरहेकै अबस्थामा पक्राउ परेका उनिहरुको साथबाट ३५ लाख रुपैयाँ समृत बरामद गरेको छ । विशेष गरी तिहारमा जुवा खेल्नु परमपरा हो भन्दै तास, लङ्गुरबुर्जा र कौडा लगायतका जुवा खेलेको अभियोगमा १६५ जना जुवाडे व्यक्तिहरुलाई पक्राउ गरिएको छ ।
पक्राउ परेका यो संख्या कात्तिक दोसो हप्तादेखि कात्तिक मसान्त सम्मको हो ।

यसैगरी पक्राउ परेका मध्य काठमाडौँका १३ स्थान,ललितपुरका ४ स्थान र भक्तपुरका २ स्थानबाट जुवातास खेलिरहेकै अवस्थामा प्रक्राउ गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ। साथै ६९ बुक तास, २० हजारको एक थान चेक समेत प्रहरीले बरामद गरेको छ।

यही अवधिमा प्रहरीले पटका बेचेको अभियोगमा ८ जना व्यपारीलाई पनि नियन्त्रणमा लिएको थियो। व्यशायीहरुबाट विभिन्न प्रकारका ३० हजार थान पटका समेत बरामद गरिएको थियो ।

साथै यसै अवधिमा काठमाडौँ उपत्यकामा १४ स्थानमा आगलागी भएको छ भने उक्त आगलागी घटनाबाट ८ करोड ७७ लाख ४५ हजार रुपैयाँ बराबरको आर्थिक क्षति पनि भएको थियो।

यसैगरी उक्त आगलागीमा परी भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं १ लोकन्थली बस्ने ८२ वर्षीय एक वृद्धको मृत्यु भएको थियो। ुनथै घटना लक्ष्मीपूजा गर्ने क्रममा बालिएको बत्तीबाट आगलागी भएको थियो।

साथै यसै चाडपर्वकै अवधिमा भएका सडक दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ भने ३३० जना घाइते भएका छन् । साथै यसै अवधिमा विभिन्न स्थानमा भएको चोरी घटनामा करिब १ करोड बराबरको धनमाल चोरी भएको छ भने चोरीको अभियोगमा प्रहरीले शङ्कास्पद ७ जनालाई पक्राउ गरिएको थियो।

प्रहरीले जनाए अनुसार कौडा खेलिरहेको अवस्थामा नुवाकोटबाट २१ जना तथा जुवातास खेलेको अभियोगमा सल्यानबाट १३ जनालाई पनि पक्राउ गरिएको जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%३%४%

प्रतिक्रिया दिनुहोस