आज: २०८३ आश्विन २०, मंगलबार | Tue, 06, Oct, 2026

तराई मुलको मुख्य छठ पर्व दोस्रो दिन आज ‘खरना’ पुजाअर्चना गरिदै

२०८० मंसिर २, शनिबार मा प्रकाशित ( २ साल अघि) १४८४९ पटक पढिएको
नारी बाटिका


काठमाडौं,०२ मंंसिर ।

तराई मुलको मुख्य छठ पर्व दोस्रो दिन आज ‘खरना’विधिपुर्वक पुजाअर्चना गरिदै छ । मिथिलामा आज छठ पर्वका व्रत बस्नेले शनिबार ‘खरना’ विधिपुर्वक पुजाआरधना गर्दैछन्। हिजो कार्तिक शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ बाट व्रत शुरू गरेका श्रद्धालुले शनिबार पञ्चमी तिथिमा गरिने खरना गर्ने भएका हुन् ।

छठको दोस्रो दिन दिनभर उपवास बसेर साँझ चन्द्रदर्शन गर्ने विधि छ। यसपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर हालेर खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाउने र व्रतालु तथा परिवारका सदस्यले प्रसाद खाने चलन छ।

यस पर्व अन्तर्रगत व्रतको मुख्य दिन षष्ठी तिथिमा चोखोनितो गरेर निराहार व्रत बसी अपराह्न नदी,तलाउ तथा जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिने गरिन्छ । यो विधिलाई ‘सझुका अरख’ भनिन्छ। सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइन्छ। यसलाई ‘भोरका अरख’ भनिन्छ। यससँगै व्रत सम्पन्न हुने गर्दछ ।

वर्षकै मुख्य पर्व छठमा श्रद्धा,भक्ती र निष्ठामा बढी महत्त्व दिइन्छ। सुर्यलाई अर्घ्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवा सहितका मिष्ठान्न परिकारहरु चोखो र शुद्धताको लागी ढिकी–जाँतोमा कुटिएको र पिसिएको पिठोबाटै तयार गर्ने गरिन्छ। यस पर्वमा सुर्यलाई अर्घ्य दिने पवित्र जलाशयको सरसफाइ र श्रृंगारलाई पनि विशेष महत्त्व दिइन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑