आज:  | Mon, 06, May, 2024

आज अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विभिन्न सचेतनामुलक कार्यक्रम गरी मनाइँयो

४ मंसिर २०८०, सोमबार १७:१२ मा प्रकाशित ( ५ महिना अघि) २४२ पाठक संख्या
नारी बाटिका


काठमाडौं,४ मंसिर ।

हरेक वर्ष नोभेम्बर २० तारिख दिनलाई अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका रुपमा मनाउँदै आईरहेको छ । आज ३४औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस हो । यसै दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । बालबालिकामा हुने सबै प्रकारको शोषण विरुद्धमा आवाज उठाई बालबालिका विरुद्धको हिंसालाई अन्त्य गर्नु गराउनु यस दिवसको मुख्य उदेस्य हो ।

विश्वब्यापी रुपमा संन्सार भर एकैसाथ आजकै दिनमा मनाईने यस दिवसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गर्ने गरेका छन् । संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ को नोभेम्बर २० का दिन बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको दिनलाई स्मरण गर्दै महासन्धिमा हस्ताक्षर गर्ने राष्ट्रहरुले आजका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको रुपमा मनाउँने गरेका हुन् ।

पछिल्लो समयमा हाम्रो समाजमा आर्थिक,राजनितिक,गरिबी,लैंगिक हिंसा,महिालमा घरेलु हिंसा तथा आदी कारणले बालबालिकामा हिंसा तथा बालअधिकारको हनन् हुदै गईरहेको छ । बाल अधिकारको संरक्षण, बाल विकास, जान्न र बुभ्न पाउने ठाउँमा बाल सहभागिता लगायतका विषय कार्यान्वयन गरी बाल अधिकार सुनिश्चिताका लागि अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विश्वभर मनाइँदै आएको हो । नेपालमा संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धि, १९८९ को धारा ४२ मा सबै कार्यान्वयन गरिने कुरा उल्लेख गरिएको छ ।

यसमा बालबालिकाको सर्वोत्तम हित, अधिकार कार्यान्वयन, जीवन, बचाउ र विकास, पहिचानको संरक्षण, बालबालिकाको विचार तथा भावनको कदर गर्नु अभिभावकको दायित्व,सामाजिक सुरक्षा,बालश्रम विरुद्ध, बेचबिखन, ओसारपसार र अपहरण, बालमैत्री न्याय लगायतका व्यवस्था गरिएका छन् ।

उक्त संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धि, १९८९ लाई नेपालले पनि अनुमोदन गरेको ३३ वर्ष पूरा भएको छ । नेपालले २०४७ भदौ २९ गते उक्त महासन्धिलाई बिनाशर्त पालना गर्नेर्छौ भनेर अनुमोदन गरी यसको सिद्धान्त मर्म अनुसार प्रतिबद्धता जायर गरेको थियो । महासन्धिका प्रावधानको कार्यान्वयनका लागि नेपालले संवैधानिक, कानुनी, नीतिगत, संरचनागत र कार्यक्रमगत व्यवस्था समेत गरेको छ ।

साथै सबै क्षेत्रका बालबालिकाको आधारभूत आवश्यकता तथा अधिकार परिपूर्तिका लागि संवैधानिक, कानुनी र नीतिगत व्यवस्था भएका छन् । नेपालको संविधानको धारा ५१ मा राज्यको नीतिअन्तर्गत बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकताका साथ राखिएको छ । धारा ३९ मा बालबालिकाको हक अधिकार सम्बन्धी व्यवस्था गरिएको छ । बालबालिकाको लागि विशिष्टीकृत ऐनको रुपमा पनि बालबालिका सम्बन्धी ऐन, २०७५ कार्यान्वयनमा छ ।

प्रत्येक वर्ष नेपालले उक्त महासन्धि कार्यान्वयन गरिएको छ भनि प्रभावकारिताको प्रतिवेदन संयुक्त राष्ट्रसङ्घमा पेश गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घको बाल अधिकार समितिले नेपालको विगतका प्रतिवेदनमा दिएका टिप्पणी तथा सुझावलाई नेपालले कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको छ । बालबालिकाको अधिकार तथा हक, हितको संरक्षण र सम्बद्र्धनका लागि विशिष्टिकृत निकायको रुपमा राष्ट्रिय बाल अधिकार परिषद् गठन गरी थो परिषद् क्रियाशील रुपमा चलायमान भएको जनाउँदै आएको छ ।

मुलुकमा राजनितिक परिवर्तन भए संघसंगै सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकारले बाल अधिकार संरक्षण निती तय गरी संस्थागत संयन्त्रको व्यवस्था गरेता पनि प्रभावकारी रुपमा कार्यन्वयन भएको अबस्था भने छैन। सरकारले अन्तर्राष्ट्रिय र राष्ट्रिय विकास साझेदार, नागरिक समाज, निजी क्षेत्र लगायतबिच समन्वय र सहकार्यमा सचेजनामुलक काम गर्दै आएको छ ।

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र १९४८, नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध, १९६६, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धि, १९७५, बालश्रम शेषण विरुद्ध सम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठका महासन्धि लगायतका घोषणा पत्रका दस्ताबेजहरु बालबालिकासँग सम्बन्धित छन् ।

नेपालले उक्त महासन्धिलाई सन् १९९० को सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउन घोषणा गरेको थियो । सोहीअनुरुप नेपालले राष्ट्रिय बाल दिवस भने भदौ २९ गते मुलुकभर मनाउँदै आइरहेको छ ।

यस वर्ष ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइएको थियो भने ‘प्रत्येक बालबालिकाको लागि प्रत्येक अधिकार’ नारा सहित आज अन्तर्राष्ट्रिय बाल अधिकार दिवस आज मनाएको हो ।

यसै अनुरुप संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धि, १९८९ नै बालबालिका सम्बन्धी मूल दस्ताबेजको रुपमा रहेको छ । संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धिलाई अनुमोदन गरेपछि नेपालले बालबालिकाको हक, हित र अधिकारको विषयलाई संविधान, कानुन, नीति, आवधिक योजना, संस्थागत संरचना, वार्षिक नीति तथा कार्यक्रममा क्रमशः सुधार गर्दै आएको सरकारको प्रतिवेदनले दावी गरेको पाईन्छ ।

तर पछिल्लो समयमा हाम्रो समाजमा विभिन्न कारणले बड्दै गएको लैंगिक हिंसा,घरेलु हिंसा लगायतका घटनाहरु बढ्दै जाँदा आमाबावु बिचमा राम्रो सम्वन्ध नहुने र दिन प्रतिदिन नेपालमा बावुआमा बिचको सम्वन्धविच्छेद हुने क्रम बड्दै गैरहेकोले आमाबावु तथा परिवारको तर्फबाट बालबालिकाले पाउने उचित मायाँ,हेरबिचार सम्रक्षणमा कमी हुंदै गैरहेको अबस्था छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस