आज:  | Mon, 06, May, 2024

वैदेशिक रोजगार बोर्डद्धारा छात्रवृत्तिका लागि आवेदन खुल्ला

५ मंसिर २०८०, मंगलवार ०८:२४ मा प्रकाशित ( ५ महिना अघि) १८८ पाठक संख्या
नारी बाटिका


धादिङ,५ मंसिर

नेपाल सरकार वैदेशिक रोजगार बोर्डद्धारा छात्रवृत्तिका लागि आवेदन खुल्ला गरेको छ । बोर्डले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका, पूर्ण रूपमा असक्त वा गम्भीर बिरामी भएका श्रमिक परिवारका हकमा बालबालिकालाई वैदेशिक रोजगार छात्रवृत्तिका लागि आवेदन दिन पाउने गरी खुल्ला गरेको हो ।

तर छावृर्ती पाउनको लागी भने वैदेशिक रोजगारीमा जानको लागी नेपाल सरकारबाट श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा गएका र श्रम स्वीकृती समय अवधिभित्रै विदेशमा ज्यान गुमाएका वा पूर्ण रूपमा अशक्त अपाङगता वा गम्भीर बिरामी भएर फर्किएका श्रमिकका बालबालिकाले मात्रै यो सुविधा पाउने गरी शैक्षिक सत्र २०८० को छात्रवृत्तिका लागि निवेदन दिन वैदेशिक रोजगार बोर्डको सचिवालयले सूचना जारी गरेको हो ।

साथै यस अबसर प्राप्त गर्नका लागी आगामी असोज मसान्त सम्ममा निवेदन दिन सकिने जनाएको छ । यसैगरी सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यालयस्तर पूर्वप्राथमिक कक्षा वा नर्सरी वा सो सरहदेखि कक्षा १२ सम्मका १८ वर्ष मुनिका बालबालिकाहरूले मात्र निवेदन दिन सक्नेछन् ।

साथै आवेदन दिनको लागि गएको असार मसान्तभित्र बोर्डबाट पाउनुपर्ने आर्थिक सहायता लिएको हुनु पर्नेछ भनिएको छ । आधारभुत तहका लागि १२ हजार र माध्यमिक तहको लागि नगद १६ हजार रुपैँया प्राप्त गर्न सक्ने जनाएको छ । वैदेशिक रोजगारीका क्रममा अशक्त भएका श्रमिकको पूर्ण रूपमा अशक्त भएको खुल्ने कागजात, विद्यार्थी जन्मदर्ताको प्रतिलिपि, निवेदक, संरक्षक र श्रमिकबीचको नाता प्रमाणपत्रको प्रतिलिपि, सम्बिन्धित स्थानीय तहको सिफारिस आवश्यक पर्ने खुलाएको छ ।

गत वर्षदेखी छात्रवृत्ति प्राप्त गरिरहेका बालबालिकाको हकमा निजले अध्ययनरत विद्यालयको कक्षा खुल्ने सिफारिस पत्र र श्रमिकको राहदानीको प्रतिलिपि पेस गर्नुपर्नेछ । एक विद्यार्थीलाई वर्षमा एक पटक बोर्डले एकमुष्ट रूपमा छात्रवृत्ति दिनेछ । यस विषयमा थप जानकारी लिनु परेमा श्रम कल सेन्टरमा टोल फ्री नम्बर ११४१ र बोर्डमा ०१ ५३२०३११,४३३ मा फोन गर्न सकिने विभागले जनाएको छ ।

साथै धादिङको लागि नीलकण्ठ नगरपालिकाद्वारा सन्चालित सुरक्षित आप्रवासी सामी कार्यक्रम अन्तरगत आप्रवासी श्रोत केन्द्र जिल्ला प्रशासन कार्यालयको १६ नम्बरमा सम्पर्क गर्न सकिने र ०१०५२१३१४ मा फोन गरेर बुझ्न सकिने सामी परियोजनाका जिल्ला संयोजक  दिनेश दुवाडीले जानकारी दिनु भयो ।।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस