आज: २०८३ बैशाख १९, शनिबार | Sat, 02, May, 2026

पछिल्लो समयमा रसुवागढी नाकाबाट सुन तस्करी बढ्न थाल्यो

२०८० मंसिर ६, बुधबार मा प्रकाशित ( २ साल अघि) १२७९३ पटक पढिएको
नारी बाटिका


रसुवा,६ मंसिर ।

पछिल्लो समयमा रसुवागढी नाकाबाट सुन तस्करी बढ्न थालेको छ । नेपाल प्रहरीले गरेको अनुसन्धान अनुसार केही दिनयता रसुवागढी नाकाबाट सुन तस्करी बढिरहेको पाइएको हो। हिजो मंगलबार मात्रै सुन तस्करी गर्ने तीनजना तस्करलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार उनिहरुले केरुङबाट ल्याइएको १२ तोला सुनका औँठी रसुवागढी नाकामा तैनाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारी सहितको गस्तीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रसुवा जिल्ला आमाछोदिङ्मो गाउँपालिका –५ गोङगाङ बस्ने २९ वर्षका सुरेश तामाङ, सोही गाउँपालिका –५ तातोपानी बस्ने वर्ष ३७ का निमाटासी तामाङ र गोसाइँकुण्ड गाउँपालिका –३ बृद्धिम बस्ने वर्ष २३का ङवाङ लोप्चन तामाङ रहेको जिल्ला प्रहरी कार्यलय प्रमुख सुवास बुढाथोकीले जानकारी दिनु भयो ।

पक्राउ परेकाहरूको साथबाट १३ लाख ८८ हजार ४०० बराबरको सुन बरामद गरी कानुनी कारबाहीका लागि भन्सार कार्यालय टिमुरेमा बुझाइएको प्रहरी प्रमुख बुढाथोकीले बताउनु भयो ।

यसैगरी गत आइतबार पनि १४ लाख ९१ हजार ६८२ बराबरको सुनका औँठी सहित तीन जना पक्राउ गरी भन्सार कार्यालयमा बुझाईएको प्रहरीले बताएको छ। पछिल्लो समयमा यस नाकाबाटा अवैध रुपमा सुन तस्कर बढ्न थालेपछि यसरी अवैध रुपमा सुन ल्याउने काम नगर्न नगराउन नेपाल प्रहरीले व्यापारीदेखि सर्वसाधारणलाई अनुरोध गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस