आज:  | Thu, 09, May, 2024

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री दाहालबीच शितल निवासमा भेटवार्ता

६ मंसिर २०८०, बुधबार १५:२४ मा प्रकाशित ( ५ महिना अघि) ३२५ पाठक संख्या
नारी बाटिका


काठमाडौँ,६ मंसिर ।

वुधबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री दाहालबीच शितल निवासमा भेटवार्ता भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता भएको छ ।

उहाँहरु बिचमा आज बिहान शितल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जाजरकोट लगायतका क्षेत्रमा राहत तथा पुनर्स्थापनाको कार्यलाई थप प्रभावकारी बनाउन ध्यानाकर्षण गराउनु भएको छ ।

साथै भेटकै अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच मुलुकको पछिल्लो अबस्थाका समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस