
काठमाडौँ,६ मंसिर ।
वुधबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री दाहालबीच शितल निवासमा भेटवार्ता भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता भएको छ ।
उहाँहरु बिचमा आज बिहान शितल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जाजरकोट लगायतका क्षेत्रमा राहत तथा पुनर्स्थापनाको कार्यलाई थप प्रभावकारी बनाउन ध्यानाकर्षण गराउनु भएको छ ।
साथै भेटकै अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच मुलुकको पछिल्लो अबस्थाका समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनु भयो ।












प्रतिक्रिया दिनुहोस