आज:  | Thu, 09, May, 2024

बिहिबार काठमाडौंको बल्खु क्षेत्रमा भएको झडपमा १४ जना घाइते

७ मंसिर २०८०, बिहीबार १८:५० मा प्रकाशित ( ५ महिना अघि) ४६१ पाठक संख्या
नारी बाटिका


काठमाडौं,७ मंसिर ।

बिहिबार भएको बल्खुको झडपमा १४ जना घाइते भएका छन् । केही समयदेखी सार्वजनिक रुपमा सरकारको कार्यशैली र देशमा भएको हालको ब्यवस्थाका बिरुद्धमा उत्रिएका दुर्गा प्रसाईंको आव्हानमा आज काठमाडौंको बल्खु क्षेत्रमा भएको ठुलो जन प्रदर्शनमा एमालेका युवासंघका कार्यकर्ता र प्रसाईंका पक्षधरबिच झडप हुँदा १४ जना घाइते भएका छन् ।

तर प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको देखियता पनि खासमा युवासंघ र प्रसाईंबिचको मुठभेट हुँदा दुवै पक्षका गरी १४ जना घाइते भएको राष्ट्रिय मानव अधिकार आयोगले जानकारी दिएको छ ।

आयोगका अनुसार घाइतेहरूको पुरा विवरण भने आइसकेको छैन। प्रसाईं र युवा संघ दुवै पक्षको प्रदर्शनमा स्थलगत अनुगमन गरेको आयोगको टोलीले युवा संघले तीनकुनेबाट सुरु गरेको प्रदर्शनी सकिए पछी बल्खुमा प्रसाईं पक्षले गरेको प्रदर्शनमा तनावपूर्ण स्थिति देखिएको आयोगको भनाई छ ।

बिहिबार प्रदर्शनका कारण शैक्षिक संस्थाहरुमा अवरुद्ध रहेको थियो । त्यसैगर िप्रदर्शन भएका क्षेत्रमा पसलहरू बन्द हुँदा व्यवसायीहरुलाई पनि असर परेको आयोगको निष्कर्ष छ। साथै सर्वसाधारणले पनि स्वतन्त्र र सुरक्षित रुपमाहिडडुल गर्न नपाएको आयोगले प्रदर्शनरत पक्षलाई शान्तिपूर्ण र संयमित रुपमा प्रदर्शन गर्न आग्रह गरेको छ।

दुई पक्षबिचको शक्ति प्रदर्शनले शैक्षिक संस्था प्रभावित भएपछि प्रदर्शनलाई नै शान्तिपूर्ण र संयमित बनाउन अनुरोध गरेको हो । प्रदर्शनमा शान्ति सुरक्षाको व्यवस्था थप प्रभावकारी समेत बनाउनु पर्ने देखिएको आयोगले जनाएकोछ ।

कालीमाटी हुँदै प्रदर्शनका लागि तोकिएको क्षेत्र तीनकुने आउँदै गर्दा मोटरसाइकल र्‍यालीमा ढुंगामुढा गरेपछि दुइतर्फी ढुंगामुढा भएको थियो । आज बल्खु क्षेत्रमा युवा संघ र प्रसाईंका समर्थकबीच झडप भएको हा। प्रहरीले हस्तक्षेप गरी स्थिति नियन्त्रणमा लिएपछि प्रसाईं समर्थक र सुरक्षाकर्मी बीच नै पुनः झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा सँगै अश्रुग्यास समेत प्रहार गरेको थियो ।

बल्खु क्षेत्रमा झडप हुँदा ढुंगा‚ इट्टा प्रहार भएको तथा प्रसाईं पक्षको समूहले प्रहरीको सुरक्षा घेरा तोडेर कालीमाटीतर्फ जान खोग्दा प्रहरीसँग झडप भएको प्रहरीको भनाई छ । दोहोरो झडपका क्रममा केही मोटर साइकल र स्कुटरमा सामान्य क्षति पुगेको आयोगले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस