आज:  | Mon, 06, May, 2024

आजबाट १६ दिने लैंगिक हिंसा बिरुद्धको अभियान सुरु,नेपालमा पनि विभिन्न सचेतनामुलक कार्यक्रम गरिदै

९ मंसिर २०८०, शनिबार ०६:५६ मा प्रकाशित ( ५ महिना अघि) ३८० पाठक संख्या
नारी बाटिका


भगवती विवियु
नारी वाटिका संवाददाता

धादिङ -९ मंसिर ।

आजबाट १६ दिने लैंगिक हिंसा बिरुद्धको अभियान सुरु भएको छ । हरेक वर्ष नोभेम्वर २५ देखी डिसेम्वर १० सम्म विश्वब्यापी रुपमा मनाईदै आएको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान नेपालमा पनि आजदेखि सुरु भएको हो ।

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मका समयलाई १६ दिनमा १६ वटा विभिन्न दिवसहरु पर्ने गर्दछन् तर पनि यस अवधीलाई लैंगिक बिरुद्धको सचेतनामुलक कार्यक्रमहरु बढी संन्चालन हुने समय हो भन्ने धारणा रहेको पाईन्छ ।

गएको वर्षमा जस्तै यस वर्षमा पनि विभिन्न सचेतना मुलक कार्यक्रम गरेर विश्वभर लैंगिक हिंसाविरुद्धको अभियान मनाउने गरिन्छ । लैङ्गििक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालवालिकाको लगानीको ऐक्यवद्धता भन्ने यस वर्षको नाराका साथ आजबाट देशैभर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु हुँदैछ ।

यस अभियानको पूर्व सन्ध्यामा हिजो साँझ धादिङबेसी पुछारबजार मुलचोकमा दिप प्रज्वलन गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मुल आयोजक समिति र नीलकण्ठ नगरपालिकाको संयुक्त आयोजनामा दिपप्रज्वलन कार्यक्रम गरेको हो । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिएको छ ।

सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो ।
घर तथा समाजमा महिला विरुद्ध हुने सबै हिंसा अन्त्यको लागी बुलन्द आवाज उठाई महिलालाई शसक्त रुपमा अघि बढाई कार्य गर्न अन्तर्राष्ट्रिय रुपमा मनाईने यस दिवस (नोभेम्बर २५) देखी सरकारी तथा गैह्र सरकारी संघसंस्थाहरुले विशेष कार्यक्रमहरु संन्चालन गर्ने गरिन्छ ।

विशेष गरी महिलाहरुलाई अत्यावश्यक सेवामा पहुँच नपुगेको तथा हिंसाका घटना बढेको र सुरक्षित स्थानसम्म प्रभावितको पहुँच नपुगेको देखिएकाले अहिले र भविष्यमा आउन सक्ने यस्ता प्रकारका महिलामाथी हुने हिंसाजन्य अवस्थामा लैंगिक आधारमा हुने हिंसा र फरक व्यवहार अन्त्यका लागि प्रत्येक वर्षको अभियान केन्द्रित हुने संयुक्त राष्ट्रसंघले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%२%३%

प्रतिक्रिया दिनुहोस