आज:  | Tue, 05, Mar, 2024

बर्दियाको तुलापुरस्थित एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु

९ मंसिर २०८०, शनिबार ०७:४९ मा प्रकाशित ( ३ महिना अघि) ३९८ पाठक संख्या
नारी बाटिका


बर्दिया – ९ मंसिर ।

बर्दियाको तुलापुरस्थित एक घरमा आगलागी हुँदा चार जनाले ज्यान गुमाएका छन् । बर्दियाको गुलरिया नगरपालिका वडा न. ४ तुलापुरस्थित एक घरमा गएराति आगलागी हुँदा चार जनाको मृत्यु भएको हो ।

ेहिजो शुक्रबार राति करिब १० बजेको समयमा घरमा आगलागी हुँदा तिन जना बालबालिका सहित चार जनाको मृत्यु भएको र एक जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

आगलागीमा परी मृत्यु हुनेमा करिब १८ महिनाका बालक कार्तिक चन्द, ७ बर्षिय क्रिस चन्द, १० बर्षिय मानसिङ बुढा र ३२ बर्षिय राधा बुढाको मृत्यु भएको बर्दिया प्रहरीले जानकारी दिएको छ ।

स्थानिय वासीले रातिको करिव १० बजेको समयमा आगलागी भएको खबर प्रहरीलाई जानकारी गाएका थिए । आगलागिमा परि २८ बर्षिय करिस्मा चन्द घाइते भएको प्रहरीले बताएको छ ।

साथै के कसरी आगलागी भयो भन्ने घटना बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
९%

प्रतिक्रिया दिनुहोस