आज: २०८३ श्रावण २४, आईतबार | Sun, 09, Aug, 2026

तोकिएको समयमा कार्य सम्पादन गर्ने वडालाई थप ५ लाख प्रोत्साहन बजेट उपलब्ध गराउने : गंगाजमुना गाउँपालिका

२०८० मंसिर १२, मंगलबार मा प्रकाशित ( २ साल अघि) १५६३३ पटक पढिएको
नारी बाटिका


भगवती विवियु
नारी वाटिका संवाददाता

धादिङ- १२ मंसिर

धादिङको गंगाजमुना गाउँपालिकाले तोकिएको समय आगामी जेठ १५ गतेसम्म पारदर्शी तथा गुणस्तरीय रुपमा कार्य सम्पादन गर्ने वडालाई थप ५ लाख प्रोत्साहन बजेट उपलब्ध गराउने भएको छ  ।

तोकिएको समयमा पारदर्शी ढंगले कार्य सम्पादन गर्ने वडालाई गाउँपालिकाले थप ५ लाख प्रोत्साहन बजेट उपलब्ध गराउने अध्यक्ष भक्त बहादुर लामाले  बताउनु भयो।

गाउँपालिकाले निर्णय गरेको छ । भौतिक पुर्वाधार तर्फका योजना शिर्षक बाट प्रोत्साहन गर्न थप बजेट उपलव्ध गराईने अध्यक्ष  लामाले बताउनु  भएको हो ।

गाउँपालिकाबाट बिनियोजित बजेटहरुको काम समयमै सम्पन्न गर्ने उदेश्यका साथ यो निर्णय गरीएको नारी वाटिका डट्कमलाई जानकारी दिनु भएको छ ।

वडाहरुमा संन्चालित विभिन्न भौतिक निर्माणका योजनाहरु समयमा कार्य सम्पादन नहुंदा पालिकाले समयमा बजेट ल्याउने कार्यमा समस्या हुने भएकोले पालिका अन्तर्रतगका सबै वडालाई यस विषयमा जानकारी समेत गराईएको लामाले बताउनु भयो ।

साथै यस चालु आर्थिक बर्ष २०८०र०८१ मा भौतिक पूर्वाधार तर्फका योजनाहरुको काम समयमै अर्थात आगामी जेठ १५ गतेसम्ममा सक्नु पर्ने अबस्था रहेकोले.दु्रत गतिमा काम गर्न पनि वडाध्यक्षहरुलाई निर्देशन दिएको छ ।

पालिकाले आगामी जेठ १५ गते सम्म संन्चालित योजना तथा कार्यक्रम सम्पन्न नगर्ने वडालाई आगामी वर्षमा वडाले पाउने सिलिङ्गबाट ५ लाख बजेट कटौती गर्ने निर्णय पनि गरीएको अध्यक्ष लामाले भनाई छ ।

साथै तोकिएको समयमा कार्य सम्पादन गर्न गराउनका लागि प्राविधिक टोली सहितको अनुगमन समितीले ईस्टमेट बमोजिमको गुणस्तरीय कार्य सम्पन्न भए नभएको प्रतिवेदन पेश गरेपछी मात्र प्रोत्साहन वापतको बजेट उपलव्ध हुने बताउनु भएको छ ।

पारदर्शी तथा गुणस्तरीयता कायम राख्नको लागी पनि सही रुपमा बजेटको सदुपयोग गरी समयमै कार्य सम्पन्न हुदा र असारे बजेटको पनि अन्त्य गर्ने गाउँपालिकाको मुख्य लक्ष्य लिएको अध्यक्ष लामाले बताउनु भयो ।

पालिकाले उपभोक्ता समितिलाई विकास निर्माण सम्बन्धी प्रशिक्षण दिदै आईरहेको र गाउँपालिकाले उत्कृष्ट उपभोक्ता समितिलाई सम्मान समेत गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस