आज:  | Thu, 09, May, 2024

संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) मा भाग लिन प्रधानमन्त्री प्रचण्ड यूएई प्रस्थान

१४ मंसिर २०८०, बिहीबार ०८:२६ मा प्रकाशित ( ५ महिना अघि) १९८ पाठक संख्या
नारी बाटिका


काठमाडौं १४ मंसिर ।

संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन कोप–२८ मा सहभागी हुनको लागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यूएई प्रस्थान गर्नु भएको छ । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्नु भएको हो ।

उहाँ राति ९.३० बजे नेपाल एयरलाइन्सको विमानबाट नेपाली प्रतिनिधिमण्डलको टोली सहित प्रधानमन्त्री प्रचण्ड त्यस तर्फ प्रस्थान गर्नु भएको हो। काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षबाट प्रधानमन्त्रीलाई विदाइ गर्नका लागि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, लगायतका मन्त्रीहरु र सरकारका उच्च अधिकारीहरु प्रस्थानस्थलमा पुग्नु भएको थियो ।

संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन कोप–२८ को कार्यक्रम आज मंसिर १४ देखि मंसिर २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म दुबईमा आयोजना हुंने भएको छ । यसैबिचमा प्रधानमन्त्री दाहालले डिसेम्बर १ देखि २ तारिखसम्म आयोजना हुने ‘विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा पनि भाग लिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रचण्डले डिसेम्बर २ तारिखमा सो सत्रमा नेपालको तर्फबाट वक्तव्य दिने कार्यसुची रहेको छ ।

यसैगरी प्रधानमन्त्री दाहालले उच्च–स्तस्तरीय सत्र अवसरको सम्मेलनमा सहभागी हुने विभिन्न मुलुकका राष्ट्रप्रमुख÷सरकार प्रमुखका साथै अन्य उच्च पदस्थ व्यक्तिहरु सँग द्विपक्षीय भेटवार्ता गर्नु हुने तालिका रहेको मन्त्रालयले जनाएको छ । उहाँले आँबुधाबीस्थित नेपाली राजदूतावासको भ्रमण गर्नुका साथै रोजगारीका लागी त्यहाँ रहेका नेपाली समुदायसँग पनि अन्तरक्रिया र नेपाल–युएई व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस