आज:  | Sun, 05, May, 2024

भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा चिसोले कठ्यांग्रिएर फेरी एक बालिकाको मृत्यु

१४ मंसिर २०८०, बिहीबार १४:१२ मा प्रकाशित ( ५ महिना अघि) २५० पाठक संख्या
नारी बाटिका


जाजरकोट, १४ मंसिर ।

भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा चिसोले कठ्यांग्रिएर फेरी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा निमो गाउँपालिका–१ स्याग्रीका सुनील बादीकी ३ वर्षीया छोरी रक्षा बादी रहेकी छिन् ।

बालिकाको चिसोले कठ्यांग्रिएर बुधबार मृत्यु भएको हो । निमोनिया भएपछि निजलाई अस्पताल लैजाने क्रममा बालिकाको मृत्यु भएको हो ।

छेडागाडस्थित मटेलामा बालिकाको निधन भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी गराएका दिनु भयो । गत कात्तिक १७ गतेको भूकम्पले घर भत्कीएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएका थिए।

एक सरो त्रिपालको भरमा खुल्ला आकाश मुनी रात कटाई रहेका भुकम्प प्रभावितहरु चिसोका कारण केहीको मृत्यु भईसकेको छ भने धेरैजना चिसोका कारण बिरामी पर्न थालेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस