आज:  | Sun, 19, May, 2024

आज लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तिम दिन ७५औं मानव अधिकार दिवसका अवसरमा कार्यक्रम

२४ मंसिर २०८०, आईतवार २०:०५ मा प्रकाशित ( ५ महिना अघि) १८५ पाठक संख्या
नारी बाटिका


भगवती बिबियु
नारी वाडिका डट् कम संवाददाता

धादिङ-२४ मंसिर ।

आज लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तिम दिन ७५औं मानव अधिकार दिवसका अवसरमा देशभरमा कार्यक्रम मनाईएको छ । मानवअधिकारको सम्मान, संरक्षण र सम्वद्र्धन भएमा मात्र बहुदलवादमा आधारित संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुने राजनितिक दलहरुले बताउने गरेको भएता पनि पछिल्लो समयमा देशभरमा मानवअधिकार उल्लघनका धेरै घटना भएको ईन्सेकले मानवअधिकार वर्ष २०२४ पुस्तक मार्फत सार्वजनिक गरेको छ ।

मंसिर ९ देखी सुरु भएको लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको आज अन्तिम दिन अर्थात ७५औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस डिसेम्बर १० को अवसरमा कानुनी राज्यको भरपर्दो व्यवस्थासँगै मानवअधिकारको प्रत्याभूतिबाट कुनै पनि नागरिक बञ्चित हुनु हुदैन भन्ने उदेस्यले अन्तर्रक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

यस वर्ष कथित बोक्सी आरोप १ जना, बहुविवाह १ जना, बलात्कार ८ जना, बलात्कार प्रयास ६ जना, महिला बेचविखन २ जना, बालबालिका बेचबिखन १ जना, शारीरिक सजाय १ जना, बालबालिका बलात्कार १८ जना, यौन दुर्ववहार ६ जना, राजनीतिक गतिविधिमा बालबालिका प्रयोग १ घटना भएको ईन्सेकले जानकारी गराएको छ ।

यसैगरी यस वर्ष धादिङमा ६९ जना पीडित भएकोमा अन्य पक्षबाट ६७ जना र राज्य पक्षबाट दुई जना गिरफ्तारका घटनामा पीडित भएकोले पीडित पक्षका लागि संरक्षण, न्यायका लागि कार्यक्रम गर्न सरोकारवालाहरुसंग ईन्सेक प्रतिनिधि अधिकारीले माग गरेका छन्।

कार्यक्रममा सहभागी वत्ताहरुले विगतका समयमा नेपाल मानव अधिकार वर्ष पुस्तकमा उठाइएका सवालहरु कुन चरणमा पुगे, अथवा यसको संवोधन भयोकी भएन ? भन्नेबारे नेपाल पत्रकार महासंघकका अध्यक्ष राजाराम शर्माले प्रश्न गर्नु थियो ।

यसैगरी घरेलु हिंसा र लैंगिक हिंसाका १९ वटा घटना मध्य पनि कुन घटनाबाट महिलाको मानव अधिकारको बढी हनन् हुने खालको घटना भयो ? साथै प्रभावित महिलाले न्याय पाउनका लागी संवोधन भयोकी भएन भन्ने बारेमा महिला अधिकार कर्मी तथा नारी जागरण केन्द्य्रकी कार्यकारी निर्देशक भगवती उपे्रती बिबियुले प्रश्न गर्नु भएको थियो ।

ईन्सेक धादिङको समन्वयमा निलकण्ठ नगरपालिका धादिङेद्रवारा आयोजित अन्तर्रक्रिया कार्यक्रममा मानवअधिकार संगठन धादिङका अध्यक्ष कृष्णराज अधिकारीको अध्यक्षता भएको कार्यक्रममा  धादिङमा मानव अधिकारको अवस्था र नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पुर्व समिक्षा गरिएको थियो ।

त्यसैगरी नागरिकता सिफारिस, जन्मदर्ता लगायतको विषय जटिल रहेपनि पछिल्लो समय नागरिकले सेवा पाएको सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीको भनाई छ ।

मानव अधिकारका सवाल स्थानिय सरकारले विशेष रुपमा हेरिरहेको निलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले बताउनु भयो । पालिकाले गर्ने न्याय सम्पादनलाई अझै प्रभावकारी बनाउने, सामाजिक न्यायको पक्षमा नगरपालिका निरन्तर रुपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख कुलमान विश्वकर्माले जन्मेदेखी मरुन्जेल्सम्मका अधिकार प्रत्याभूत गर्न सबै लाग्नु पर्ने बताउनु भयो। संविधानको पालना गर्न सके मात्रै पनि मानव अधिकार सुनिश्चित हुने उहाँको भनाई छ।

नेपाल मानव अधिकार संगठन धादिङका अध्यक्ष एवम कार्यक्रमका अधक्ष कृष्णराज अधिकारीले जन्मन पाउनुपनि अधिकार भएको बताउदै दिवसमा मात्र नभइ ३६५ दिन नै मानव अधिकार प्रत्याभूत गर्न लागिरहन राज्यले ध्यान दिनुपर्ने बताउनु भयो ।

त्यस्तै व्यक्तिगत स्वतन्त्रता र लोकतान्त्रिक शासन प्रणालीलाई सारभूत बनाउने मानवअधिकारको महत्त्वपूर्ण पक्ष आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार भएको उल्लेख गर्दै  न्यायपूर्ण र समतामूलक समाजको निर्माण गर्न राष्ट्रको ध्यान केन्द्रित बनाउनु पर्नेमा सहभागहरुले बताएका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस