आज:  | Thu, 02, May, 2024

नेपाल प्रेश युनियनद्धारा जिल्ला प्रहरी कार्यलयलाई ध्यानाकर्षण

३० मंसिर २०८०, शनिबार ०९:४६ मा प्रकाशित ( ४ महिना अघि) १९७ पाठक संख्या
नारी बाटिका


काठमाडौं ३० मंसिर ।

नेपाल प्रेश युनियनद्धारा जिल्ला प्रहरी कार्यलयलाई विज्ञप्ती मार्फत ध्यानाकर्षण गराएको छ । जिल्लामा घटेका घटनाको सत्य तथ्य सूचना सही समयमा सञ्चारकर्मीहरुलाई उपलव्ध नहुने, सञ्चारकर्मीले आधिकारिकताका लागि सम्पर्क गर्दा प्रहरी प्रमुख एवं प्रवक्ताले फोन नउठाउने जस्ता गतिविधि पछिल्लो समय देखिदै आएको छ ।

यसको पछिल्लो उदाहरण मिति २०८० मंसिर २७ गते सिम्रौनगढ घटनालाई लिन सकिन्छ । समाचारको आधिकारिताका लागि जिल्ला प्रहरी कार्यालय, बारा पुगेका सञ्चारकर्मीहरु माथि बारा प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले गरेको दुव्यवहार प्रति नेपाल प्रेस युनियन, बारा शाखा घोर भत्र्सना गर्दछ ।

नेपाल प्रहरीले जिल्लामा रहेको प्रहरी नायव उपरिक्षकलाई सूचना अधिकारीका रुपमा कार्य गर्न भनेता पनि बाराका सूचना अधिकारी एवं प्रहरी प्रवक्ता दधिराम न्यौपानेले सही समयमा कुनै पनि सूचना नदिने, सञ्चारकर्मीको फोन नउठाउने लगायतका कार्यले सही सूचना सम्प्रेषणमा कठिनाई भईरहेको छ ।

जिल्लामा केही महिनादेखि शान्ति सुरक्षाको अवस्था खस्कदै गईरहेको विगतका घटनाबाट देखिन आएको छ । पछिल्लो समय राज्यबाट र गैर राज्य पक्षबाट विभिन्न घटना भईरहदा त्यस्ता घटनाको वास्तविकता र आधिकारिकता प्रहरी प्रशासनमा निहित रहन्छ । पत्रकारहरुले सही समयमा सूचना नपाउदा विभिन्न किसिमका समाचारहरु प्रकाशित प्रशारित हुँदा त्यसबाट पिडित पक्ष र राज्यपक्षलाई नै क्षति हुने देखिन्छ ।

सही सूचना पाउने नैर्सिग अधिकारलाई कुण्ठित गर्ने काम प्रहरी प्रशासनबाट नगर्न नेपाल प्रेस युनियन, बारा जोडदार माग गर्दछ । जिल्ला प्रहरी कार्यालयमा हिजो प्रहरी प्रमुखबाट नै भएको घटनाले पत्रकारहरु मर्माहित बन्दै गर्दा यस्ता आफ्ना बानी व्यहोरा र आचरण सुधार गर्न समेत यसै विज्ञप्ति मार्फत ध्यानाकर्षण गराउन चाहन्छु ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%२%

प्रतिक्रिया दिनुहोस