काठमाडौं २ पुस ।
धेरै वर्ष अघिदेखी ताजा र स्वस्थ्य मेलम्ची पानी पिउने सपना देखेका काठमाडौं वासीको सपना अधुरै रहेपछी शोमबार सडकमा उत्रिएका छन् । जुन सरकार आएपनि आस्पासन मात्रै पाएका काठमाडौं वासीले मेलम्चीको पानी माग्दै रित्तो गाग्री लिएर आज सडकमा उत्रिएका हुन् ।
बन्द गरिएको मेलम्ची खानेपानी तत्कालै ल्याउन माग गर्दै विरोध प्रदर्शन गरेका छन्। सोमबार काठमाडौं उपत्यका संघर्ष समितिले मेलम्ची खानेपानी माथिको चलखेल बन्द गर्न माग गर्दै कोटेश्वर–तीनकुने क्षेत्रमा विरोध प्रदर्शन गरेका हुन्।
काठमाडौंकावासीले नागरिकले पिउने मेलम्ची खानेपानी माथिको चलखेल बन्द गर,मेलम्चीको पानी तुरुन्त खोल्’ लगायत नारा लगाएका थिए। उनीहरूले रित्ता गाग्री,लोटा,बाल्टिन बोकेर प्रदर्शन गर्दै विरोध र्याली निकालेका छन्।
अझै काठमाडौं वासीले दीर्घकालीन रूपमा उपयोग गर्न नपाएका बहुप्रतीक्षित मेलम्ची खानेपानी पटक(पटक बन्द हुँदा आफुहरु मारमा परेको बताएका छन् । विगत २ वर्ष अगाडी २०७८ चैत १५ गते पहिलो पटक काठमाडौं उपत्यकामा पानी वितरण गरिएको थियो ।
त्यसको तिन महिनापछी २०७८ साल असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको ठुलो बाढीले आयोजनामा गम्भिर क्षति पुगेपछी पानी आउन बन्द भएको थियो। साथै उक्त क्षति भएको ९ महिनापछि अर्थात् २०७९ वैशाख ११ गते अस्थायी रूपमा फेरि दोस्रो पटक काठमाडौं उपत्यकामा पानी झारियो ।
तत्कालिन सरकारले पहिलाको जस्तो यस वर्षकोबाढीबाट क्षति हुन नदिने भन्दै २०७९ जेठ १७ गतेदेखी मेलम्चीको पानी ल्याउन बन्द गरेको थियो । साथै बन्द गरेको ६ महिनापछि काठमाडौंमा मेलम्चीको पानी फेरी आयो। क्षति मर्मतपछि गत मंसिर २३ गतेदेखि पानी वितरण भएको थियो।
त्यसपछी मेलम्ची खानेपानी विकास समितिले यो वर्षामा पनि मेलम्चीको पानी ल्याउन संरचना मर्मतको काम गर्नु पर्ने भन्दै गत जेठ ५ गतेदेखि १५ गतेसम्म अर्थात् १० दिन पानी पठाउन बन्द गरेको थियो।
उक्त समयको मर्मत कार्य सकिएपछि उपत्यकामा पानी आउन थालेको थियो। विकास समितिले बर्खामा पनि पानी निरन्तर रुपमा आउने भनिएता पनि पुनः बन्द गरिएको थियो भने यस वर्षमा आएको बाढीले फेरी आयोजनामा क्षति पुर्याई दियो ।
वर्षात्को समय सकिएता पनि अझै समितिले भने मेलम्ची पानी ल्याउन सकेको छैन। जसकारण काठमाडौं उपत्यकामा पहिलेको जस्तै स्वच्छ पिउने पानीको हाहाकार मच्चिई रहन्छ।
तस्वीर : अनलाईन बाट
प्रतिक्रिया दिनुहोस