आज: २०८३ अषाढ २, मंगलबार | Tue, 16, Jun, 2026

राप्रपामा फेरी भाँडाभैलो, इतर समूह निर्वाचन आयोग जाँदै

२०८२ अषाढ २९, आईतबार मा प्रकाशित ( ११ महिना अघि) ८६८१ पटक पढिएको
नारी बाटिका


काठमाडौं -२९ असार ।

फेरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद चुलिएसंगै भाँडा भैलो भएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनको एकल निर्णय र मनोमानी व्यवहारको विरोध गर्दै इतर समूह आइतबार निर्वाचन आयोग जाने तयारीमा छ।

शनिबार महामन्त्री धवलशम्शेर राणाको सचिवालयमा बसेको भेलाले लिङ्देनको पछिल्लो कार्यलाई लिएर विधान विपरीत भएको ठहर इतर समुहले आयोगमा उजुरी दिने निर्णय गरेको हो।

अध्यक्ष लिङ्देनले केही दिनअघि प्रवक्ता सगुन सुन्दर लावतीलाई बर्खास्त गर्नुका साथै अनुशासन समिति संयोजक नवराज सुवेदीलाई हटाएर रोशन कार्कीलाई नियुक्त गरिएकोमा सोही विषयलाई लिएर पार्टीभित्र भाँडा भैलो भएको हो।

पूर्व अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी, पूर्वमन्त्रीहरू विक्रम पाण्डे, हरिबहादुर बस्नेत, तथा पार्टीका अन्य वरिष्ठ नेताहरूको समेत भेलामा उपस्थिति रहेको थियो।

उनीहरूले लिङ्देन नेतृत्वको एकल निर्णयले पार्टी विधि र लोकतान्त्रिक प्रक्रिया उल्लंघन गरेको आरोप लगाउँदै उनीविरुद्ध आयोगमा उजुरी दिन लागेका हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस