आज: २०८२ माघ ५, सोमबार | Mon, 19, Jan, 2026

फरक फरक जिल्लाका दुई बालिका बलात्कृत

२०८० पौष ३, मंगलबार मा प्रकाशित ( २ साल अघि) ८४८४ पटक पढिएको
नारी बाटिका


काठमाडौं ३ पुस ।

फरक फरक जिल्लाका दुई बालिका बलात्कृत भएका भएका छन् । पछिल्लो समयमा बालिकाहरु बलात्कारको निसानी बन्ने गरेको पाईएको छ । यस्तै सोमबार दुई बालिकामाथि बलात्कार भएको छ।

शोमबार खोटाङ ऐसेलुखर्क गाउँपालिका १ की १६ वर्षीय किशोरीलाई एक २७ वर्षीय भक्त बहादुर सुनुवारले जबरजस्ती करणी गरेको हो ।

सुनुवारलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । सुनुवारले ती किशोरीलाई मंसिर २७ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट राखावाङदेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

यसैगरी भोजपुरको षडानन्द नगरपालिका १३ मुखिया टोल बस्ने ३१ वर्षीय सागर श्रेष्ठले मंसिर २८ गते साँझ सोही ठाउँस्थित कोदोबारीमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेका थिए । श्रेष्ठलाईे जबरजस्ती करणी गरेकोअभियोगमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

श्रेष्ठले बालिकालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%१%

प्रतिक्रिया दिनुहोस