आज:  | Thu, 02, May, 2024

नेफ्सुनको ३२ औं साधारण सभाबाट संघको केन्द्रीय अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्बाचित

९ पुष २०८०, सोमबार ०९:०६ मा प्रकाशित ( ४ महिना अघि) ४७७ पाठक संख्या
नारी बाटिका


काठमाडौँ — ९ पुस ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्सुनको ३२ औं साधारण सभाबाट संघको केन्द्रीय अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्बाचित हुनु भएको छ । अध्यक्ष पदका लागी दुई समुहबिच कडा प्रतिस्पर्धा रहेको निर्बाचनमा पुर्व बरिष्ट उपाध्यक्ष चन्द्रप्रसाद ढकाल १५७ मतले बिजयी हुनु भएको छ ।

केन्द्रीय सहकारी संघ (नेफ्स्कुन को ३२ औं वार्षिक साधारणसभा यही पुस ७ र ८ मा प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा सम्पन्न भएको हो । सहमती गरेर जाने भन्ने देशभरमा रहेका संघका सदस्यहरुको चहाना भएता पनि साधारण सभाले नयाँ नेतृत्व चुन्ने भएकाले त्यसका लागि राजनितिक मुलधारका नेताहरुले भित्रभित्रै चलखेल गरेका कारण अध्यक्षमा दुई जना आकांक्षीहरुबिच  कडा रुपमा प्रतिस्पर्धामा उत्रिएका थिए ।

वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र वर्तमान अध्यक्ष परितोष पौड्याल अध्यक्ष पदमा कडा प्रतिस्पर्धामा देखिएका थिए । १९ जना सञ्चालक समितिमा नयाँ नेतृत्वका लागि दुई समुहबिच निर्वाचन भएको थियो  । जसमा नेकपा एमाले पक्षको समर्थनमा परितोष पौड्यालको समुह र गठबन्धनबाट चन्द्रप्रसाद ढकालको समुह प्रतिष्पर्दामा उत्रिएका हुन् ।

यही पुस ८ मै तीन जनाको नेतृत्वमा लेखा सुपरिवेक्षण समिति पनि चयन भएको छ । जसमा लेखा संयोजकमा ढकालको समुहबाट निर्बाचित भएका छन् । दुवैको कार्यकाल चार वर्षको हुनेछ । त्यसका लागि अध्यक्षका आकांक्षीहरू फरक–फरक एजेन्डा सहित बाहिरी हावा नचलेता पनि भित्री रुपमा भने फरक फरक राजनितिक बिचारधारा बोकेका समुह भएको कारण साथ समर्थन पनि त्यसैगरी रहेको,चुनावी मैदानमा उत्रिएका पाईयो ।

नेफ्स्कुन वित्तीय कारोबार गर्ने बचत ऋण सहकारी संस्थाको संगठन भएकाले यसलाई राजनीतिक रूपमा टाढा राखेर काम गर्ने गरी नेतृत्वका लागि अघि बढेको हो भनिएता पनि नेकपा एमालेका केही नेताहरु दिनभर जस्तै मतदाता आउने जाने मुख्य बाटोमै बसेर मत मागिरहेको देखिएको थियो ।

अध्यक्षका आकांक्षी ‘संस्थामा विधि सम्मत रूपमा काम हुन सकेको छैन,’  तर सामाजिक सेवा गर्ने संघ सस्थामा यस्तो अबस्था आउनुले पनि  कसरी संघ स्वच्छ भएर देशभर रहेका संघका सदस्य सहकारीहरुको हितमा काम गर्ला भन्ने प्रश्न खडा भएको छ ,

तर देशभरमा मतदान गर्न आएका धेरै जस्ता मतदाताहरले भने पछिल्लो समयमा केही खराब मनोवृर्ती भएका ब्यक्तिले संन्चालन गरेका सहकारी संस्थाको बेथितीले देशभरका सहकारीको सिद्धान्त र मर्म अनुसार राम्रो काम गरिरहेका संस्थाहरुलाई पनि अशर पुर्याई रहेको अबस्था छ ।

राज्यले  सहकारीको सम्रक्षण र प्रवद्धन गर्नको लागी कुनै चासो दिएको देखिदैन । काम गरेको देखिदैन, सरकारको अर्थतन्त्रको तिन खम्बे निती मध्य सहकारी आर्थिक बिकासको १ खम्बा भएता पनि सरकारले सहकारीको हितमा केही योजना अघी सारेको छैन ।

त्यस्तै सहकारी महाँसंघ र बचत केन्द्रीय संघको नेतृत्वले केही गर्न नसकेको अबस्था देखिएको थियो । यसै कारणले पनि पुराना व्यक्तिले नेतृत्व लिँदा पुरानै गल्ती दोहोरिने भएकाले नयाँ नेतृत्व चयन गर्न आवश्यक छ  भन्ने मतदाताको धारणा देखिएता पनि राजनितिक हस्तक्षेपका कारण यो हुन सकेन ।

‘सहकारी क्षेत्रलाई सञ्जालीकरण गर्न जरुरी छ, अन्तर सम्बन्धित र अन्तरनिर्भर सहकारी अभियानको संस्थागत विकास गर्न जरुरी छ,’ तर, ‘अहिलेसम्म यो विषय उठान भएको छैन । यसलाई वैचारिक ढंगले स्थापित र आन्तरिकीकरण गर्ने काममा सुरुदेखि नेतृत्वको भूमिका रहेको पछिल्लो समयमा यस्ता समस्था आउने थिएन भन्ने सहकारी विज्ञहरुको भनाई छ ।

नेफ्स्कुनमा १९ जनाको सञ्चालक समिति हुन्छ, जसमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष एकरएक जना चुनिन्छन् । वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षमध्ये एक पदमा महिला अनिवार्य हुनुपर्छ । महासचिव र कोषाध्यक्ष एकरएक जना हुन्छन् । अन्य १४ जना सञ्चालक सदस्य निर्वाचित हुन्छन् । प्रत्येक प्रदेशबाट कम्तीमा एक जना सदस्य समितिमा आउनुपर्छ ।

यस अनुसार सातै प्रदेशबाट एक / एक जना सदस्य चुनिन्छन् । तीन जनाको नेतृत्वमा लेखा सुपरिवेक्षण समिति हुन्छ । यसमा एक जना संयोजक र दुई जना सदस्य रहन्छन् । यसमा एक जना भने महिला हुनुपर्छ ।

विद्युतीय भोटिङ मेसिन मार्फत मतदानको व्यवस्था गरिएकाले समयमै मत परिणाम आएको थियो । यस पटकको मतदानमा भाग लिने गरी २६ सयले मात्रै नवीकरण गरेका थिए । देशभरबाट २६ सय संस्थाले आफ्ना प्रतिनिधिको नाम नवीकरण गराएका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%३%

प्रतिक्रिया दिनुहोस