आज:  | Thu, 02, May, 2024

सङ्घीयताले जनतामा अधिकार बारे चेतना दिलायो : मुख्यमन्त्री जम्कट्टेल

१३ पुष २०८०, शुक्रबार ०७:३७ मा प्रकाशित ( ४ महिना अघि) ३०२ पाठक संख्या
नारी बाटिका


हेटौँडा, १३ पुस ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सङ्घीयताले जनतामा अधिकार प्राप्त गर्ने बारे चेतना दिलाएको बताउनु भएको छ । हेटौँडामा बिहिबार आयोजना भएको ‘तहगत जनप्रतिनिधीहरुको अन्तर्रक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कट्टेले मुलकमा सङ्घीयता ब्यवस्था लागु भएपछी जनतालाई आफ्नो हक अधिकार के हो र कसरी लिनु पर्छ भन्ने बारेमा चेतना सङ्घीयताले नै दिएको बताउनु भएको हो ।

तर पनि पछिल्लो समयमा नागरिकहरु सरकारले केही गर्न सकेन,गरेन,जनताले अधिकार पाउन सकेनौ भनेर भ्रम सिर्जना भैरहेको छ । अहिले नै निराश हुनुपर्ने अवस्था छैन”, “संविधानले दिएका तहगतका अधिकार पाउन बाँकी नै छन्, मुख्यमन्त्री जम्कट्टेलले भन्नु भयो । देशमा सङ्घीयता आएसँगै जनतामा अधिकार प्राप्ती र विकासको चेतना जागरण भएको उहाँको भनाइ छ ।

तहगत अधिकारका लागि र अवस्था अनुसारको अधिकारको मोडल निर्माण गर्न तथा कार्यान्वयनका लागि सातै प्रदेशका मुख्य न्यायाधिवक्ता, सचिव र स्थानीय महासङ्घको सहभागितामा छलफल कार्यक्रम राखिएको बताउनु भयो ।

यसैगरी नेपाल नगरपालिका महासङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानाले सरकारले प्राप्त अधिकार कार्यान्वयन गर्दा सङ्घीयताको मूल मर्मको जगेर्ना हुने बताउनु भयो । उहाँले सङ्घीयताले दिएको अधिकारको पूर्ण कार्यान्वयन हुँदा समृद्ध मुलुक निर्माण हुनेमा जोड दिनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस