आज:  | Thu, 02, May, 2024

पहिले नै सम्वन्धित पक्षको यति बुद्धी आएको भए सायद हिजो रोजगारी पाउने आशामा २ युवाले ज्यान गुमाउन पर्ने थिएन होला ?

१४ पुष २०८०, शनिबार १०:३३ मा प्रकाशित ( ४ महिना अघि) २९० पाठक संख्या
नारी बाटिका


काठमाडौँ १४ पुस ।

न्याउरी मारी पछुतो नेपाली उखान सुक्रबार बालकुमारीमा भएको घटनाले पुष्टि गरिदियो । भाषा परिक्षा दिन रोक लगाएकै कारण शुक्रबार ललितपुरको बालकुमारीमा २ युवाले ज्यान गुमाउन पुगे । यसपछी सरकारले पानी जहाज निर्माण क्षेत्रमा आवेदन गरेका परीक्षार्थीले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने भएका छन् । वैदेशिक रोजगार विभागले शुक्रबार एक सूचना जारी गरी उक्त व्यवस्था भएको जनाउँदै आवेदन बुझाउने म्याद यही पुस १६ देखि १८ गतेसम्म मात्र भएको बताएको हो ।

नेपालमा बेरोजरीको समस्याले लाखौं ऋण काडेर वैदेशिक रोजगारीमा जाने अबशर नपाएकै कारण २०८० पुस १३ गते बालकुमारीमा अप्रिया घट्न पुग्यो । पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका सुरज पाठक सहित १८ जना परीक्षार्थीले उत्पादन क्षेत्रमा पनि आवेदन फाराम भर्न पाउनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेपछि विभागका नाममा ‘निवेदकको माग बमोजिम गर्न’ आदेश दिएको थियो ।

ति १८ जना युवा बाहेकका अन्य युवाहरुले पनि उत्पादन क्षेत्रमा पनि आवेदन फाराम भर्न पाउने भनिएता पनि यसमा रोक लगाईए पछी सो को माग राख्दै हिजो युवाहरुले प्रदर्शन गर्ने क्रममा सुक्रबार गरिबको सन्ताले ज्यान गुमाउनु परेको छ । उक्त अदालतले विभागका नाममा आदेश जारी गरेसँगै परीक्षार्थीलाई दुवै क्षेत्रमा काम गर्न भाषा परीक्षामा सहभागी गराउने निर्णय विभागले गरेको हो । यदी यो कुरा पहिलै सोचेको भए हिजोको घटना नहुन सक्थ्यो होला ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%५%

प्रतिक्रिया दिनुहोस