
नारी बाटिका
भगवती बिबियु
नारी बाटिका संवाददाता
काठमाडौँ १६ पुस।
आज विश्वभर नेपाली हो भनेर पहिचान दिलाउन पुरुषहरुको शिरमा लगाउने राष्ट्रिय पोसाक तथा टोपी दिवस हो । यसै दिवसका अबसरमा देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । त्यसैगरी आज अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिनमा नेपालको परिचय दिलाउने राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइँदैछ । सरकारले केही वर्षदेखि नेपाली टोपी र पोसाकको प्रवर्द्धन गर्नका लागि भन्दै स्वतःस्फूर्त रूपमा ईस्वी संवतको नयाँ वर्षकै पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।
नेपाली टोपीको सम्वन्ध बङ्गलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिएको छ । विशेष गरी भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रूपमा लिने गरिन्छ । तर विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी समेत लगाउने गर्छन् ।
जब पुरुषको शिरमा ढाका टोपी लगाएको देखिन्छ भने त्यो ब्यत्तिको जन्मभुमी काँ हो भने सोधि राख्नै पर्दैन भन्छन विदेशीहरु । किनकी विश्वका समुदाय मध्य शिरमा ढाकाको टोपी लगाउने भनेको नेपाली पुरुष नै हुन् । त्यसै कारणले पनि नेपाली महिलाले लगाउने गुन्योचोली र पुरुषले लगाउने ढाका टोपीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा महत्व रहेको छ ।
यो दिन नेपाल र नेपाल बाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धूमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन् । यो लहरसँगै पछिल्लो समय नेपाली टोपी लगाउनेको सङ्ख्या पनि बढिरहेको पाईन्छ।








प्रतिक्रिया दिनुहोस