आज:  | Thu, 02, May, 2024

सरकारले संघीय १० प्रतिशत कर्मचारी दरबन्दी घटाउने,यदी यो कार्यन्वयन हुन सकेमा प्रशासनिक चुस्तता हुन सक्ने

१९ पुष २०८०, बिहीबार ०९:०९ मा प्रकाशित ( ३ महिना अघि) ४९६ पाठक संख्या
नारी बाटिका


काठमाडौं १९ पुुस ।

सरकारले संघीय कार्यालयको १० प्रतिशत कर्मचारीको दरबन्दी सिट घटाउँने तयारी गरिरहेको छ । सरकारले कर्मचारी दरबन्दी घटाउने रणनिती गर्दै गर्दा, यदी यो नितीको कार्यन्वयन हुन सकेमा प्रशासनिक चुस्तता हुन सक्ने अपेक्षा गर्न सकिने भएको छ ।

सरकारले सबै संघीय कार्यालयका कर्मचारीको दरबन्दी घटाउन संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम)अन्तिम चरणमा पुर्‍याएको हो।

सरकारले सबै मन्त्रालय, विभाग लगायतका संघीय कार्यालयमा कर्मचारीको दरबन्दी कम गर्ने उद्देश्यले कर्मचारीको दरबन्दी घटाउने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण अन्तिम चरणमा पुर्‍याएको जानएको छ  ।

सो विषयमा बिहीबार प्रकाशित भएको गोरखापत्र दैनिकमा समाचार लेखिएको छ, । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार संघीय कार्यालयमा हाल भएको ५३ हजार निजामती कर्मचारीको दरबन्दी भएमध्ये करिब १० प्रतिशत दरबन्दी घटाउने गरी ओएनएमलाई अन्तिम चरणमा पुर्‍याइएको छ ।

मन्त्रालयका सहसचिव सुमन दाहालले संघीय व्यवस्थाको मर्म अनुसार संघको दरबन्दी घटाउँदै प्रदेश र स्थानीय तहको दरबन्दी बढाउने उद्देश्यले ओएनएमको काम अन्तिम चरणमा पुर्‍याइएको बताएका छन्।

उनका अनुसार हालै मात्र मन्त्रिपरिषद्ले प्रधानमन्त्री कार्यालयका ६८ वटा पदका दरबन्दी घटाउने निर्णय गरेको थियो । दरबन्दी घटेर फाजिलमा भएका कतिपय कर्मचारी अवकाश भएपछि स्वतः त्यो पद खारेज हुने ब्यवस्था गरिन लागेको हो ।

‘अहिले कतिपय जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयमा कर्मचारीको अभाव रहेको भएतापनि ती कार्यालयमा अब ओएनएम सर्भेबाट फाजिलमा परेका कर्मचारीलाई पठाइने तय गर्दैछ’, सहसचिव दाहालले भने,‘बढी कर्मचारी भएका कार्यालयबाट कर्मचारीलाई झिकेर कर्मचारी कम भएका कार्यालयमा पठाउन सरकारले ओएनएम गर्न लागेको हो ।’

पछिल्लो समयमा मुलुकको आर्थिक भार निकै बढ्दो र ब्आर्थिक वृद्धीदर यवस्थापनमामा चुनौती देखिएको अबस्था रहेकोले विज्ञहरुले नेपाल सरकारका प्रशासनिक असन्तुलनलाई सन्तुलन बनाउने गरी ओएनएम सर्वेक्षण गर्न सरकारलाई सुझाव दिनु पर्ने र यसरी विज्ञहरुले दिएका सुझाबलाई सरकारले अबलम्वन गर्नु पर्ने बताउँदै आएका छन्। ‘

त्यसैगरी पछिल्लो समयमा स्थानिय तहदेखी संघका कतिपय मन्त्रालय मा कुनै पदका कर्मचारी अनाबश्यक राख्ने गरिएका छन् । मुलुका तिनै तहका सरकारमा रहेका विशेष गरी निर्बाचित जनप्रतिनिधीहरुले कोही सोकिय सचिब ,कोही कम्प्युर सहायक,कोही के कोही के का पदमा कार्यकर्तालाई भर्ति गरी जागिर खाने थलोको रुपमा पाईने गरेको छ ।

यसरी राजनैतिक दलका स्वार्थमा आबाश्यकै नभएका ठाउँमा कर्मचारी लगायतका क्षेत्रमा खर्च गरिनुले मुलुकले खर्चभार थेग्न नसकिने अबस्था नआउला भन्न सकिन्न ?

‘अहिलेको सन्दर्भमा सरकारले संघ लगायत तिनै तहका सरकारी कार्यालयमा समग्र कर्मचारी दरबन्दी घटाउने गरी तयार गर्न लागेकोले यदी यस विषयले कार्यन्वयन खएको खण्डमा ओएनएम सर्वेक्षणले प्रशासनिक चुस्तता कायम गर्न थप सहयोग पुग्ने बिस्वास लिएको छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%४%२%

प्रतिक्रिया दिनुहोस