आज:  | Mon, 20, May, 2024

मनोनयन दर्ता गरेका उमेदवार विरुद्ध आज दाबी विरोध र उजुरी दिन सकिने

२४ पुष २०८०, मंगलवार ११:४५ मा प्रकाशित ( ४ महिना अघि) २१९ पाठक संख्या
नारी बाटिका


काठमाडौंं २४ पुस ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा मनोनयन दर्ता गरेका उमेदवारहरु विरुद्ध आज दाबी विरोध र उजुरी दिन सकिनेछ । हिजो उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरु बिरुद्धमा आज दाबी विरोध र उजुरी दिने सकिने समय तोकिएको छ।

आगमी माघ ११ गते राष्ट्रियसभामा रिक्त हुने १९ पदका लागि निर्वाचन हुँदै छ। यस निर्बाचनको लागी ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचनको कार्यतालिका अनुसार उम्मेदवारी उपर आज पुस २४ गते दाबी विरोध र उजुरी गर्न सकिने, २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन हुनेछ ।

त्यसैगरी पुस २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । साथै पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

यस निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ । मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।

स्थायी सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा सकिन्छ । यस निर्वाचनमा विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समुदायबाट सदस्यको चयन हुनेछ ।

निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता छन् । कानुनी व्यवस्थाअनुरुप प्रदेशसभा सदस्य पाँच सय ४९ र पालिका प्रमुख र उपप्रमुख गरी जम्मा २०४७ जनाको मतदाता नामावलीमा स्वीकृत भएको छ ।

निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १९ कायम गरिएको छ । उक्त निर्वाचनमा प्रदेशसभा सदस्यको कूल मतभार २९ हजार ९७ र पालिका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार चार सय ६२ रहने छ ।

आयोगका अनुसार मतदाताको अन्तिम नामावली आइतबार प्रकाशन भइसकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस