आज: २०८२ माघ ६, मंगलबार | Tue, 20, Jan, 2026

आज अभियुक्त रामबहादुर बम्जन बिरुद्ध सर्लाही जिल्ला अदालतमा सुनुवाइ हुंदै

२०८० पौष २६, बिहिबार मा प्रकाशित ( २ साल अघि) ७९३४ पटक पढिएको
नारी बाटिका


काठमाडौं २६ पुस ।

अनुयायीलाई बलात्कार,हत्या र बेपत्ता पारेको अभियोगमा बुधबार पक्राउ परेका बम्जन बिरुद्ध आज सुनुवाई हुने भएको छ ।

उनीविरुद्ध सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकाले निजलाई जिल्ला अदालत सर्लाहीमा उपस्थिती गराईएको हो ।

हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाही समक्ष प्रस्तुत गरिएको छ।

जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई सोही जिल्ला अदालतमा पेस गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएकोछ।

उक्त अदालतमा न्यायाधीश विष्णु रेग्मीको इजलासमा उनीविरुद्ध मुद्दाको सुनुवाइ सुरु भएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए।

हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मङ्गलबार काठमाडौंस्थित उनका आफनै घरबाट पक्राउ गरेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%२%

प्रतिक्रिया दिनुहोस