आज:  | Sun, 19, May, 2024

नेपाल मेडिकल कलेजद्वारा विभिन्न पदका लागी कर्मचारी माग (सूचना सहित)

३ माघ २०८०, बुधबार १९:१२ मा प्रकाशित ( ४ महिना अघि) ६१९ पाठक संख्या
नारी बाटिका


काठमाडौं ३ माग।

नेपाल मेडिकल कलेजले विभिन्न पदका लागी कर्मचारी माग गरेको छ । कलेजले मंगलबार एक सूचना प्रकाशित गरि विभिन्न पदहरुमा कर्मचारी माग गरेको हो । सूचना अनुसार कलेजले चिफ फाइनान्स कन्ट्रोलर, चिफ एकाउन्टेन्ट अफिसरदेखि इलेक्ट्रिकल इन्जिनियर माग गरेको छ ।

कलेजले निकालेको सूचना अनुसार सिभिल इन्जिनियर, मेट्रोन, होस्टल वार्डेन, स्टोर इन्चार्ज, आर्किटेक्चर तथा प्रशासन अधिकारी माग गरिएको छ । योग्यता पुगेका उम्मेदवारले सात दिनभित्र व्यक्तिगत विवरण सहित दरखास्त दिन सक्नेछन् ।

पछिल्लो समयमा शैक्षिक योग्याता भएरपनि देशमा रोजगार नपायर वैदेशिक रोजगारीमा लाखौं खर्चिएर जानुपर्ने नेपाली जेहन्दार जनशक्तिको लागी अबसर हुनेगरी कलेजको शैक्षिक, सेवागत र प्रशासनिक ब्यवस्थापन बलियो बनाउँदै लैजान विषयगत दक्ष जनशक्तिहरु माग गरिएको हो ।

योग्यता पुगेका नागरिकले कलेजको फेसवुक पेजमा क्लिक गरी विस्तृत जानकारी लिन सक्नेछन् । दरखास्त इमेल मार्फत पठाउनु पर्नेछ । सर्ट लिस्टमा परेकाहरूलाइ कलेजले अन्तर्वार्ताका लागि सम्पर्क गर्नेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%२%

प्रतिक्रिया दिनुहोस