आज:  | Sun, 05, May, 2024

६ महिनामा श्रम स्वीकृति लिएर तीन लाख नेपालीहरु रोजगारीका लागी विदेशिए

७ माघ २०८०, आईतवार ०८:५५ मा प्रकाशित ( ३ महिना अघि) २१६ पाठक संख्या
नारी बाटिका


काठमाडौं ७ माघ ।

६ महिनामा श्रम स्वीकृति लिएर तीन लाख नेपालीहरु रोजगारीका लागी विदेशिएका छन् । नेपालीको बिडम्वना भनौ या वाध्यता..? वैदेशिक रोजगार विभागबाट चालू आर्थिक वर्षको पहिलो ६ महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या तीन लाखभन्दा बढी रहेको पाईएको हो ।

आर्थिक वर्ष २०८०।०८१ को गत साउनदेखि पुस मसान्तसम्ममा वैदेशिक रोजगारीमा जानको लागी नेपाल सरकारसंग श्रम स्वीकृति लिएर जाने संख्या तीन लाख ४३ हजार पुगेको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए । उप्रेतीका अनुसार अघिल्लो आर्थिक वर्ष ०७९(८० को यही अवधिमा वैदेशिक रोजगारीमा जानका लागि विभागबाट चार लाख १४ हजारले श्रम स्वीकृति लिएका थिए। गत आवको तुलनामा केही संख्यामा कम देखिएतापनि यो मलुकको भयावह स्थिती मान्न सकिन्छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष श्रम स्वीकृति लिनेको संख्या ७१ हजारले कमी देखिएको उप्रेतीले बताएका छन् । तर यसै तुलनामा सामान्य आँकलन गर्दापनि स्वदेशमा रोजगारीको अबस्था सिर्जना हुन नसक्दा वर्षेनी नेपालबाट परिवार धान्नकै लागी लगभग ७ लाख नेपाली उर्जाशिल युवायुवतीहरुले देश छाड्ने गरको यर्थाथलाई लिएको छ ।

उप्रेतीले जनाए बमोजिम, ‘पुस महिनामा ६५ हजार आठ सय १३ नेपालीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएका छन्, यो संख्या नयाँ श्रम स्वीकृति लिने र नवीकरण गर्ने दुवैको हो । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको देखिए पनि साउन र भदौ भन्दा मंसिर र पुसमा सबैभन्दा संख्या बढेको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ ।

यस्तै पुसमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेमा सबैभन्दा धेरै युएई गएका विभागले जनाएको छ। विभागको तथ्यांक अनुसार युएईका लागि १६ हजारले श्रम स्वीकृति लिएका छन् भने साउदी अरब र कतार १४ हजार, मलेसिया आठ हजार, कुवेत तीन हजार र कोरिया जानेको संख्खा १ हजार जना रहेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%२%

प्रतिक्रिया दिनुहोस