आज:  | Sat, 27, Jul, 2024

नेपाल टेलिकमका निर्देशक सुनिल र मुद्रण केन्द्रका निर्देशक विकल पौडेल भ्रष्टाचार अभियोगमा पक्राउ

१० माघ २०८०, बुधबार १८:४६ मा प्रकाशित ( ६ महिना अघि) ४०९ पाठक संख्या
नारी बाटिका


काठमाडौँ १० माघ ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार अभियोगमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार नेपाल राष्ट्र बैङ्कको स्वीकृति बेगर विदेशी बैङ्कमा विदेशी मुद्रामा खाता खोली रकम जम्मा गरेको लगायतका अभियोगमा उनीहरु दुबैजनालाई पक्राउ गरिएको हो ।

उनीहरुविरुद्ध गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगले यसअघि नै मुद्दा दायर गरेको थियो । उनीहरुले सरकारी सेवामा कार्यरत रहँदाकै अवस्थामा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रुपमा नियुक्ति लिएको आयोगले ठहर गरेको छ ।

विकल पौडेलको हकमा संयुक्त राज्य अमेरिकाको स्थायी आवासीय अनुमति लिएको जनाएको छ । निजले कसुर सम्बद्ध प्रमाण नष्ट गर्न सक्ने, भागी जाने सम्भावना समेत भएकाले अनुसन्धान कार्यमा बाधा नपुगोस् भन्ने उद्देश्यले उनीहरुलाई वुधबार पक्राउ गरिएको आयोगका प्रवक्ता घिमिरेले राससलाई जानकारी दिनु भयो । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस