
नारी बाटिका
काठमाडौँ १२ माघ ।
गत वर्षको तुलनामा यस वर्षको हिउँदे वर्षा हुदै भएन भन्दा पनि हुन्छ । किसानीहरुले हिउँदे वाली लगाउने बेला भैसक्दा अझै आगामी तीन दिनसम्म देशभरमै ठूलो वर्षाको सम्भावना नभएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभरमा ठूलो वर्षाको सम्भावना नभए पनि कतैकतै भने छिटफुट वर्षा हुनसक्ने महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो ।
बिहिबार काठमाडौँ उपत्यकमा यस वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको भन्दै उहाँले विस्तारै देशभर चिसो हुने क्रम बढिरहेको बताउनु भयो । उहाँका अनुसार काठमाडौँमा बिहिबार न्यूनतम तापक्रम तीन डिग्रीमा झरेर सोमबारको रेकर्ड तोडेको हो ।
यसअघि गत सोमबार तीन दशमलव दुई डिग्री मापन गरिएकामा शून्य दशमलव दुई डिग्री झरेपछि यस वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको मौसमविद् लामिछानेले जानकारी दिनु भयो ।
उहाँले हिजो बिहिबार भेशभरमा सबैभन्दा कम तापक्रम जोमसोममा रहेको बताउनुभयो । तराईमा बाक्लो हुस्सु र कुहिरो जारी रहने तथा हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा बादल लागेर घाम कम लाग्ने भन्दै देशभर चिसो बढ्ने क्रममा रहेको उहाँले बताउनु भयो ।
पानी नपरेतापनि चिसो भने देशभरनै बड्दै गएको हुंदा यो समयमा चिसोबाट बच्न विभागले सबै नागरिकमा अनुरोध गरेको छ ।








प्रतिक्रिया दिनुहोस