आज:  | Sun, 19, May, 2024

बागलुङको ढोरपाटन नगरपालिकाका नगर प्रमुख र उनका श्रीमती सहित सहकारीको ठगीमा ‘रेड नोटिस’ जारी

१३ माघ २०८०, शनिबार ०८:१२ मा प्रकाशित ( ३ महिना अघि) ३१८ पाठक संख्या
नारी बाटिका


बागलुङ १२ माघ ।

बागलुङको ढोरपाटन नगरपालिकाका नगर प्रमुखले सहकारीको रकम ठगी गरेको पुष्टी भएपछी उनी विरुद्ध ‘रेड नोटिस’ जारी भएको छ । सहकारीको बचत रकम हिनामिना गरेर फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई खोज्न प्रहरीले ‘रेड नोटिस’ जारी गरिएको हो।

नेपालीले सहकारीका बचतकर्ताको डेढ अर्ब बढी रकम लिई फरार भएकोले उनी विरुद्ध प्रहरी प्रधान कार्यालय इन्टरपोल महाशाखाले ‘रेडकर्नर नोटिस’ जारी गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए। नगरप्रमुख नेपाली गत जेठ ५ गतेदेखि सपरिवार बुर्तिवाङ बजारबाट सम्पर्क विहीन भएका छन्।

बागलुङ बजारमा मुख्य कार्यालय खोली गलकोट, बुर्तिवाङ तथा पोखरामा शाखा कार्यालय संन्चालन गरी बचत सङ्कलन बापतको रकम हिनामिना गरी फरार भएका नेपाली विदेशमा लुकेर बसेको आशङ्कामा इन्टरपोल मार्फत खोजी गर्न प्रहरीले ‘रेडकर्नर नोटिस’ जारी गरेको छ।

नेपाल प्रहरी ब्युरोले जिल्ला प्रहरी कार्यालयले इन्टरपोललाई रेडकर्नर नोटिस जारी गर्नका लागि गत भदौमा पत्र पठाएको थियो। तत्कालिन अध्यक्ष नेपाली लगायत सहकारी सञ्चालक विरुद्ध एक हजार चार सय ८१ जना सहकारीका सदस्यले उजुरी दर्ता गराएका छन् ।

जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी केसीका अनुसार बागलुङमा मात्रै नेपाली संम्लित सहकारीले आठ सय सेयर सदस्य र तीन हजार दुई सय बचतकर्ताको डेढ अर्ब बढी रकम बचत अपचलन गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

नेपाल प्रहरी अनुसन्धान ब्युरो मातहतमा “विश्वभर इन्टरपोलमा आबद्ध देशका सुरक्षाकर्मीको सहयोगमा पक्राउ गर्नका लागि रेड नोटिस जारी गरिन्छ”, प्रनाउ केसीले भने, “विश्वको जुन कुनामा भए पनि पक्राउ गरेर नेपाल ल्याउन र बचतकर्ताको रकम फिर्ता गर्नका लागि नोटिस जारी गरिएको छ ।”

बागलुङ ढोरपाटन–१ घर भएका नगरप्रमुख नेपाली सहित ११ जना सञ्चालक समिती विरुद्ध गत असार २५ मा बागलुङस्थित जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो। नेकपा एमाले पार्टी बाट टिकट पाई नगरप्रमुख समेत बनेका नेपाली हाल सम्पर्क विहीन भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबी)ले इमेज सहकारीका कार्यवाहक अध्यक्ष डोरबहादुर परियार बिरुद्धमा अनुसन्धमन गरिरहेको छ ।

त्यसैगरी (उक्त सहकारीका हालका सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यत्रय चित्रबहादुर भण्डारी, रुपा विक तथा झगबहादुर शाहीविरुद्ध अनुसन्धान अगाडि बढाउन जिल्ला प्रहरी कार्यालयलाई गत जेठ १६ मा पत्राचार गरेको थियो ।

साथै गत साउन ४ गते सहकारीका बचतकर्ताको अर्बौँ रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका सञ्चालक भण्डारी, कर्मचारी प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई अदालतले थुनामा राख्न आदेश दिएको थियो । सुक्रबार नै कोषाध्यक्ष सेनलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस