आज:  | Sat, 27, Jul, 2024

राष्ट्रिय मानव अधिकार आयोगद्वारा मानवअधिकार उल्लंघन गर्ने मध्ये ६० जना सार्वजनिक

१५ माघ २०८०, सोमबार १९:२६ मा प्रकाशित ( ५ महिना अघि) ३६३ पाठक संख्या
नारी बाटिका


काठमाडौँ १५ माघ ।

राष्ट्रिय मानव अधिकार आयोगद्वारा मानवअधिकार उल्लंघन गर्नेहरु मध्ये ६० जनाको नाम सार्वजनिक गरेको छ । आयोगले बिगतमा कारबाही गर्नु पर्छ भनेर सिफारिश गरेको तर सरकारले कार्यान्वयनमा बेवास्ता गरेपछि शोमबार दोषीहरुको नामावली बिवरण सार्वजनिक गरेको हो।

कारबाहीका लागि आयोगले सिफारिश गरिएका मानव अधिकार उल्लंघन कर्ताहरु मध्यका ६० जना दोषीहरुको नामावली नै सार्वजनिक गरि आज विज्ञप्ती जारी गरेको छ । जसमा नेपाल प्रहरीतर्फका प्रहरी जवानदेखि प्रहरी उपरीक्षकसम्म ३२ जना छन् ।

यस्तै राष्ट्रिय अनुसन्धानका कर्मचारी र सशस्त्र प्रहरी बलका १। १ जना र नेपाली सेनाका ४ जना मानव अधिकार उल्लंघनका दोषी रहेको आयोगले ठहर गरेको छ।यस्तै निजामति कर्मचारीतर्फ पनि १२ जना दोषी ठहरिका छन्। जसमा प्रमुख जिल्ला अधिकारी, कारागार प्रमुख, नायव सुब्बा लगायत दोषी देखिएका हुन्।

यसैगरी शशस्श्र द्धन्द्धकालका आन्दोलनकर्ता तथा तत्कालीन नेकपा माओवादीका १० जना नेता कार्यकर्ता मानव अधिकार उल्लंघनमा दोषी देखिएको बताईएको छ। आयोगले सिफारिश गरेका ६६ जनामध्ये ६ जनालाई कारबाही भएको भन्दै उनीहरुको नाम भने सार्वजनिक गरेको छैन। आयोगले गरेको सिफारिश कार्यान्वयन नभएकोले चालु आर्थिक वर्षमा थप १२ जनालाई कारबाही गर्न सिफारिश भएको बताएको छ।

आयोगमा परेको ४४ वटा उजुरीमाथि निर्णय हुँदा ३७ वटा उजुरीमा कारबाही गर्न तथा क्षतिपूर्ति भराउन सिफारिश गरिएको आयोगका प्रवक्ता एवं सहसचिव डा टीकाराम पोखरेलले बताएका छन् । चालु आर्थिक वर्षमा २१ जना पीडितलाई १४ लाख ७० हजार रुपैयाँ क्षतिपूर्ति दिन र १२ जनालाई कारबाही गर्न आयोगबाट सिफारिश भएको हो।

साथै यस चालु आर्थिक वर्षको ६ महिनामा मानव अधिकार उल्लंघन तथा दुरुत्साहनका ५८ वटा उजुरी आयोगमा दर्ता भएका छन् । गत आर्थिक वर्षमा आयोगले ३५४ उजुरीमाथि अनुसन्धान गरेको थियो। आर्थिक वर्ष ०७९र८० मा ११० वटा उजुरीबारे सिफारिश हुँदा १०२ वटामा कारबाही र क्षतिपूर्ति दिन सुझाइएको छ। १३ वटा नीतिगत सुधारका सिफारिश गरिएको आयोगका प्रवक्ता पोखरेलले बताउनु भयो।

कानूनी कारबाही तथा विभागीय कारबाहीका लागि ७६ वटा सिफारिश गरिएको छ। जसमा ६६ जनाको नाम नै किटान गरि क्षतिपूर्ति समेतको कारबाहीको सिफारिश गरिएको छ।

                        

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%३%

प्रतिक्रिया दिनुहोस