आज:  | Thu, 02, May, 2024

सरकारले सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम जलविद्युत क्षेत्रमा लगानी गर्ने

१७ माघ २०८०, बुधबार ०७:२९ मा प्रकाशित ( ३ महिना अघि) १६३ पाठक संख्या
नारी बाटिका


काठमाडौँ १७ माघ।

सरकारले सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम जलविद्युत क्षेत्रमा लगानी गर्ने भएको छ । सामाजिक सुरक्षा कोषले योगदानमा आधारित रहेरसामाजिक सुरक्षा योजना अन्तरगत योगदानकर्ताले जम्मा गरेको रकमलाई कोष र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)बिच मंगलबार सम्झौता भई जलविद्युत क्षेत्रमा लगानी गर्ने कार्यको सुरुवात गरेको हो ।

मंगलबार ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका ऊर्जा सचिव गोपालप्रसाद सिग्देलको उपस्थितिमा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र एचआईडीसीएलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अर्जुनप्रसाद गौतमबिच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

दुवै पक्षको आ(आफ्नो प्रचलित नीति, नियम तथा निर्णयको अधीनमा रहेर जलविद्युत तथा अन्य नवीकरणीय ऊर्जाको विकास, प्रसारण तथा वितरणसँग सम्बन्धित आयोजनामा सह(वित्तीयकरणमा सहभागी भई ऋण लगानी गर्ने र अन्य साझेदारी गर्ने विषय उल्लेख गरिएको कोषले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस