आज:  | Sun, 19, May, 2024

काठमाडौं ज्याठास्थित होटल भियनामा जुवातास खेल्ने १३ लाख नगद सहित ११ जना जुवाडे पक्राउ

१७ माघ २०८०, बुधबार ०७:४६ मा प्रकाशित ( ३ महिना अघि) ४५१ पाठक संख्या
नारी बाटिका


काठमाडौं १७ माघ ।

काठमाडौं ज्याठास्थित होटल भियनामा जुवातास खेल्ने १३ लाख नगद सहित ११ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले १३ लाख ६२ हजार ५०० रुपैयाँ सहित ११ जनालाई मंगलबार पक्राउ गरेको हो ।

अमला रोका मगरले सञ्चालन गरेको काठमाडौं महानगरपालिका–२६ ज्याठास्थित होटल भियानाबाट नगद सहित ११ जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरुमा रूपन्देहीका २६ वर्षीय घनश्याम शर्मा, २८ वर्षीय शंकर शाही, २८ वर्षीय किशोर अधिकारी, ३० वर्षीय राजु पन्त, ३५ वर्षीय अर्जुन गुरुङ र गोरखा घर भएका ३५ वर्षीय अर्जुन गुरुङ पक्राउ परेका हुन्।

यसैगरी रोल्पा घर भएका ३६ वर्षीय लिला डाँगी, बाँकेका ४० वर्षीय मेघनाथ बुचबन्दिया, चितवन बस्ने ४१ वर्षीय दीपक गुरुङ, काभ्रेपलाञ्चोकका ४४ वर्षीय हरिबोल खनाल, नुवाकोट घर भएका ४४ वर्षीय कृष्णबहादुर राई र काठमाडौं जोरपाटीका ५४ वर्षीय अरुण घिमिरेहरु पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले ज्याठास्थित होटल भियनामा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%५%

प्रतिक्रिया दिनुहोस