
नारी बाटिका
काठमाडौँ १७ माघ ।
सर्वोच्च अदालतले न्यायाधीश भुवन गिरीविरुद्ध श्रीमतीले दिएको बलात्कार मुद्दामा मिसिल झिकाउने आदेश गरेको छ । निलम्बनमा परेका जिल्ला न्यायाधीश भुवन गिरीविरुद्ध दायर भएको वैवाहिक बलात्कार सम्वन्धि मुद्दामा उच्च अदालत पाटनले गरेको आदेशको मिसिल झिकाउने आदेश दिएको हो ।
रुपन्देही जिल्ला अदालतका तत्कालीन न्यायाधीश भुवन गिरीविरुद्ध वैवाहिक बलात्कार सम्वन्धि मुद्दामा उच्च अदालतबाट थुनामा राख्नु नपर्ने भन्ने आदेश आएपछी उक्त मुद्धा विवादमा परेको थियो । गिरी बिरुद्ध काठमाडौँ जिल्ला अदालतमा दायर भएको बलात्कारको मुद्दामा गिरीलाई धरौटीमा रिहा गर्ने आदेश भएको थियो।
उक्त आदेश आएपछी सो विरुद्ध निजकी श्रीमतीले उच्च अदालत पाटनमा निवेदन दायर गरेकी थिइन्। उच्च अदालत पाटनले काठमाडौँ जिल्ला अदालतकै आदेश सदर गरेपछि गिरीकी श्रीमती सर्वोच्च अदालत गएकी थिइन् ।








प्रतिक्रिया दिनुहोस