आज:  | Sat, 04, May, 2024

सरकारले इ–सेभेन भिषा मार्फत् दक्षिण कोरियामा नेपाली दक्ष कामदार पठाउने तयारी गर्दै

१८ माघ २०८०, बिहीबार ०८:२६ मा प्रकाशित ( ३ महिना अघि) २०५ पाठक संख्या
नारी बाटिका


काठमाडौं १८ माघ ।

सरकारले इ–सेभेन भिषा मार्फत् दक्षिण कोरियामा कामदार पठाउने सरकारको तयारी  गर्दैछ । ईपिएस प्रणाली मार्फत नेपाली कामदार लैजाने गरेको दक्षिण कोरियाले इ(सेभेन ९भ्(ठ० भिषा मार्फत पनि नेपाली दक्ष कामदारको माग भएकोले सरकारले पठाउन तयारी गरिएको हो ।

दक्षिण कोरियामा इ सेभेन भिषा मार्फत नेपाली कामदार पठाउने विषयमा सरकारले छलफल गरेको छ । इ सेभन भिषा भनेको कुनै निश्चित क्षेत्रमा विशेषज्ञता वा प्राविधिक सिप हासिल गरेका दक्ष कामदारहरुलाई दिइने भिषा हो। कोरियाले इ सेभेन भिषा अन्तरगत निजी क्षेत्र अर्थात (बिटुबी)मार्फत कोरियाले दक्ष कामदार लैजाने जनाएको छ।

साथै निजी क्षेत्रका मेनपावर कम्पनीहरुले समेत नेपालले इ सेभेन भिषा खुला गरेमा नेपाली दक्ष कामदारलाई कोरिया पठाउने सक्नेछन्। इ सेभेन भिषामा पारिश्रमिक तथा सेवा सुविधा निकै राम्रो भएका कारण यो भिसामा जतिसक्दो ठूलो संख्यामा नेपाली कामदार पठाउन सरकारले पहल गरिरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी गराएको छ।

श्रम रोजगार मन्त्रालयले यसबारे काम अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्ने तयारी गरेको छ । मन्त्रालयका अनुसार हाल कोरियाले इ सेभेन भिषा मार्फत प्रत्येक वर्षमा दश हजारमाथी दक्ष नेपाली कामदारको माग गरेको छ।

विशेष गरी कोरियाले इलेक्ट्रोनिक्स, मेकानिकल इन्जिनियरिङ, हार्डवेयर र सफ्टवेयर विकास, केयर गिभररहस्पिटालिटी लगायत विभिन्न क्षेत्रमा विशेषज्ञता भएका व्यक्तिहरूलाई इ सेभेन भिषा दिने गरेको छ।

यस इ सेभेन भिषामा दक्षिण कोरिया जाने नेपाली कामदारले उनका परिवार पनि साथै लैजान पाउने व्यवस्था रहेको छ। यस्तो भिसा अवधि सुरूमा तीन वर्ष र विशेष अवस्थामा पाँच वर्षसम्म हुनेछ भने करार अवधि पनि असीमित हुने मन्त्रालयले जनाएको छ।

साथै यस भिषामा न्यूनतम पारिश्रमिक करिब चार लाखसम्म नेपाली हुने जनाइएको छ। यस्तै यो भिषामा अन्य सेवा सुविधा सहित बीमा लगायत सुविधा पनि रोजगारदाताले उपलब्ध गराउने व्यवस्था रहेको छ।

कोरियाले पानीजहाज निर्माणका लागि वेल्डर, चित्रकार लगायत व्यवसायिक सिप हासिल गरेका कामदार लाने गर्दछ । जस अनुसार कोरियाले सन् २०२२ देखि नै प्राविधिक पेशामा काम गर्ने आप्रवासी कामदारहरुको कोटा बढाउने नीति लिएको हो । कोरियाले इ सेभेन भिषामा बंगलादेश, फिलिपिन्स लगायत अन्य मुलुकबाट पनि कामदारहरु लैजाने गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस