आज:  | Mon, 20, May, 2024

प्रदेश र स्थानीय तहमा आफू अनुकूलका कर्मचारी नियुक्ति प्रवृर्ती रोक्नको लागी अख्तियारले सर्कुलर जारी

१८ माघ २०८०, बिहीबार १९:२१ मा प्रकाशित ( ३ महिना अघि) १६३ पाठक संख्या
नारी बाटिका


काठमाडौँ १८ माघ ।

प्रदेश र स्थानीय तहमा जनप्रतिनिधिहरुले अनावश्यक कर्मचारी भर्ती गर्न थालेपछी यस्ता कार्य रोक्न अख्तियारले सर्कुलर जारी गरेको छ । पछिल्लो समयमा क्षमता,,दक्षता,कुनैपनि सिप नभएका नालायक ब्यक्तिहरुलाई जनप्रतिनिधिहरले आवश्यकतानै नहुंदा पनि आफू अनुकूलका कर्मचारी नियुक्ति गर्ने प्रवृर्ती बढ्दै गएपछी यस प्रवृर्तिलाई अख्तियारले रोक्नको लागी सर्कुलर जारी गरेको हो ।

मुलुक ऋणै ऋणले टाट् पल्टने अबस्था पुग्न लाग्दापनि आफ्ना आसेपासे अनुकुलका ब्यक्तिहरुलाई बिना आवश्यक ठाउँमा कर्मचारीमा भर्ति गरी जागिर दिने गरेको भन्दै नागरिकहरुले कडा आपत्ती जनाई रहेका छन् । तर यस विषयमा ढिलै भएपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश र स्थानीय तहमा अनुत्पादक र आफू अनुकूलका कर्मचारी नियुक्ति रोक्न सर्कुलर जारी गरेको छ ।

आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत ७५३ वटै स्थानीय तह र प्रदेशमा सर्कुलर जारी गरेको हो ।

निर्बाचित जनप्रतिनिधिहरुले मनपरी ढंगले प्रदेश तथा स्थानीय तहहरूमा कार्य सम्पादनका लागि भन्दै आवश्यकता नभएका र सरकारी स्रोत साधनको अपव्यय हुने गरी प्रेस सल्लाहकार, स्वकीय सचिव, कानुनी सल्लाहकार, प्राविधिक तथा प्रशासनिक सल्लाहकार,कम्प्युटर सहायक आदी पद राखी आफ्ना आसेपासेलाई नियुक्ति गर्दै आएका छन् । आयोगमा यस्तो गुनासो आएपछि त्यस्ता नियुक्ति रोक्न सुझाव दिएको हो ।

हुनपनि त्यसरी नियुक्ती गरिएका कर्मचारी नागरिकको गुनासो सुन्नु त परै जाओस् जनताको सेवा गर्ने भन्दा पनि उल्टै सिधासाधालाई हप्काई दप्काई पठाउने र दिनभर घाम तापेर,मोवाईलमा फेसबुक चलाएर ,र कुरा काटेर कार्यलयको समय बेतित गरी सरकारी ढुकुटीको दाहन गरिरहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस