आज: २०८२ आश्विन ६, सोमबार | Mon, 22, Sep, 2025

नेकपा एमाले धादिङको ९ औं अधिबेशन शंकर पोखरेलद्धारा उद्घाटन,साथै आज बन्दसत्र धादिङबेचशीमा जारी

२०८० माघ २०, शनिबार मा प्रकाशित ( १ साल अघि) ५६१७ पटक पढिएको
नारी बाटिका


भगवती बिबियु

धादिङ २० माघ ।

नेकपा एमाले धादिङको ९ औं जिल्ला अधिबेशनको उद्घाटन नेता शंकर पोखरेलद्धारा गरिएको छ । साथै अधिवेशको बन्दसत्रको कार्यक्रम भने धादिङबेचशीमा जारी रहेको छ । अधिबेशनको उद्घाटन शुक्रबार पार्टीका केन्द्रीय महासचिव नेता शंकर पोखरेलले गर्नु भएको थियो । धादिङवेशीको पुछार बजार बाट जातजातीको झाकी संहित गरिएको र्याली खुल्ला मन्चमा पुगेर एमाले अधिबेशनको उद्घाटनसत्र सम्पन्न गरिएको हो ।

उद्घाटन सत्रमा सम्बोधन गर्नुहुँदै एमालेका महासचिव शंकर पोखरेलले कर्याकर्ताले नेता बोक्ने नभइ पार्टी बोक्नु पर्ने बताउनु भएको छ । पोखरेलले कार्यकर्ताहरुले पार्टी नबोक्ने र नेता मात्र बोक्दा पार्टी सकिने जोखिम रहेको भन्दै नेताहरु सच्चिन आग्रह गर्नु भयो । महासचिव पोखरेलले भन्नु भयो,‘ नेताहरुले आफूलाई धुरी ठान्नु हुन्न, पार्टीलाई धुरी ठान्नु पर्छ ।

निर्बाचनमा मत नदिएर जनताले अस्वीकार गरेका नेताहरुबाट सरकार संचालन गर्दा जनताले दुख पाएको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि रहनु भएका महासचिव पोखरेलले नेकपा एमाले चिन्नका लागि त्रिशुली नदीमाथी बनेका पुल चिने पुग्ने बताउनु भएको थियो ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेकपा एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले काग्रेस र माओवादीको गठबन्धन कोदो र तोरीको जस्तो गठबन्धन भएको बताउनु भएको थियो ।

९ औँ जिल्ला अधिवेशन सुदृढ संगठन एकताको आधार, एमालेको संकल्प जनताको सरोकार भन्ने मूल नारासहित आयोजित कार्यक्रममा नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीको अध्यक्षतामा भएको यस कार्यक्रमले मिसन चौरासीलाई पनि थप सहयोग मिल्ने भएको छ । नेकपा एमाले पहिलो पार्टी मात्र भएर हुदैन । अव २०८४ मा विजेताको हिसावले पनि पहिलो बन्नुपर्छ । यो अभियान हामी धादिङबाटै शुरु गर्छौं उहाँको जोड रहेको छ ।’

नेता र कार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको कार्यक्रमको उद्घाटन समारोहमा एमाले केन्द्रीय सदस्य तथा धादिङका इन्चार्ज धर्मदत्त देबकोटा, नेपाली काँग्रेस जिल्ला सभापति रामनाथ अधिकारी, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक मनराज भण्डारी लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । साथै आज हुने बन्दसत्र बाट सर्वसहमत नेतृत्व चयनको लागी छलफल जारी रहेको पार्टी स्रोतले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%१%

प्रतिक्रिया दिनुहोस