आज: २०८३ भाद्र १३, शनिबार | Sat, 29, Aug, 2026

सुनसरीमा गोली हानी एकजनाको हत्या

२०८२ आश्विन २६, आईतबार मा प्रकाशित ( १0 महिना अघि) ११७८१ पटक पढिएको
नारी बाटिका


सुनसरी २६ असोज ।

सुनसरीको रामधुनी नगरपालिका २ मा गोली हानी एक व्यक्तिको हत्या भएको छ।

रामधुनी नगरपालिका–२ स्थित कर्मन्या टोलको भित्री सडकमा शनिबार साँझ स्थानीय अन्दाजी ४७ वर्षका दिनेश चौधरीको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ।

मृतक चौधरी सफारी चालक रहेको र उनलाई मोटरसाइकलमा आएका अज्ञात समुहका युवाहरूले गोली प्रहार गरेर भागेको स्थानीयले बताएका हुन्। गोली लागेर घाइते भएका चौधरीको केही घटनास्थल मै मृत्यु भएको हो।

गोली प्रहार गरी फरार भएका समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस