आज:  | Tue, 05, Mar, 2024

अहिले राजीनामा दिएँ ,बाँकी कुरा पछी खुलाउने विमानस्थलका सुरक्षा प्रमख डिआईजी चन्द

२० माघ २०८०, शनिबार १९:२६ मा प्रकाशित ( १ महिना अघि) ३३७ पाठक संख्या
नारी बाटिका


काठमाडौँ २० माघ ।

अहिले राजीनामा दिएको छु, बाँकी कुरा पछी खुलाउने भन्दै त्रिभुवन विमानस्थलका सुरक्षा प्रमख डिआईजी अर्जुन चन्दले राजिनामा दिनु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक चन्दले पदबाट राजीनामा दिएको बताउनु भएको छ ।

उहाँले तर अहिले सुरक्षाकर्मीमाथी अन्याय भएको आदी केही खुलाउनु भएको छैन । व्यक्तिगत कारणले आफूले राजीनामा दिएको प्रहरी नायब महानिरीक्षक चन्दले जानकारी दिनु भएको छ । उहाँले भन्नु भयो, “मैले मेरो व्यक्तिगत कारणले शुक्रबार राजीनामा दिएको छु, बाँकी अहिले म केही पनि भन्दिनँ।”

विमानस्थलको सुरक्षा र चेक जाँचको विषयलाई लिएर केही समय अगाडी अध्यागमनका कर्मचारी र सुरक्षा कर्मीकाबिचमा हात हालाहाल भएको थियो । कर्मचारीको गल्ति देखिएर पनि सुरक्षा निकायप्रति सरकार उदासिन देखिएको भन्दै यतिबेला चौतर्फी रुपमा सरकारको आलोचना भैईरहेको छ ।

यस्तो अबस्थामा विमानस्थलकै सुरक्षा प्रमुखले एकाएक राजीनामा दिएपछि अहिले निकै चासोको विषयले हेरिएको छ । चन्दको उमेर हदको सेवाअवधि आगामी २०८१ चैत मसान्त सम्म रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%४%

प्रतिक्रिया दिनुहोस