आज:  | Sun, 19, May, 2024

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेता बुढाथोकीको उपचारका क्रममा निधन

२३ माघ २०८०, मंगलवार ०७:४५ मा प्रकाशित ( ३ महिना अघि) ४२० पाठक संख्या
तस्वीर स्रोत : अनलाईन साभार
नारी बाटिका


तस्वीर स्रोत : अनलाईन साभार

झापा – २३ माघ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेता केशवकुमार बुढाथोकीको उपचारका क्रममा निधन भएको छ । कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री समेत रहनु भएका बुढाथोकीको विराटनगरमा उपचारका क्रममा ८० वर्षको उमेरमा सोमबार राति साढे ११ बजे निधन भएको हो ।

बुढाथोकी लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । साथै हालको समय मिर्गौलाको उपचार गराइरहनु भएको थियो । झापा अर्जुनधारा नगरपालिका भर भएका काँग्रेसका नेता बुढाथोकी पञ्चायतकाल र गणतन्त्र दुवै शासन व्यवस्थामा मन्त्री हुनु भएको थियो ।

प्रधानपञ्च, कालमा उहाँ जिल्ला पञ्चायत सभापति, राष्ट्रिय पञ्चायत सदस्य हुँदै जलस्रोत सहायक मन्त्री र सामान्य प्रशासन मन्त्री हुनु भएको थियो । उहाँका दुई छोरा एक छोरी छन् । बुढाथोकीको पार्थिक शरीरलाई आज मंगलबार जिल्ला पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जली दिइने जिल्लास्थित पार्टी कार्यलयले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
९%

प्रतिक्रिया दिनुहोस