
नारी बाटिका
पाल्पा २४ माघ ।
पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका–८,स्थित मा तिनजना मृत फेला परेका छन् । शोमबार दुई जना पुरुष र एक जना महिला गरी तीनजना मृत अबस्थामा फेला परेका हुन् । एकैघरका श्रीमान श्रीमती सहित तीनजना मृत फेला मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। मृत फेला पर्नेमा श्रीमान, श्रीमती र अर्का एक पुरुष पनि रहेको प्रहरीले जनाएको छ।
मृतकहरु जिल्लाको रिब्दीकोट गाउँपालिका–८, काहुले बस्ने ४२ वर्षकी श्यामकला गाहा र श्यामकलाकी श्रीमान् ५३ वर्षका अम्मर बहादुर गाहा रहेको प्रहरीले जनाएको छ। श्रीमती आफ्नै घरको बिस्तरामा मृत भेटिएकी र श्रीमान् अर्को कोठामा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ ।
यस्तै,मृतक मध्य रिब्दीकोट वडा नम्बर–२,कै दम्बक बस्ने ६५ वर्षका भक्तबहादुर सार्की आफ्नै गोठको तल्लो तलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए। साथै दुवै घटनाबारे थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ।
समचार स्रोत अनलाईन साभार








प्रतिक्रिया दिनुहोस