आज:  | Sat, 27, Jul, 2024

सुन जाँचबुझ आयोगले कृष्णबहादुर महरा र भीमकान्तसँग आज बयान लियो

२५ माघ २०८०, बिहीबार १७:०९ मा प्रकाशित ( ५ महिना अघि) ३३१ पाठक संख्या
नारी बाटिका


काठमाडौँ २५ माघ ।

सुन जाँचबुझ आयोगद्वारा कृष्णबहादुर महरा र भीमकान्तसँग बयान लिएको छ । उनीहरुलाई सुनको अवैध पैठारी (तस्करी) गरेको आरोप लागेपछी अवैध नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरा र भीमकान्त भण्डारीसँग बयान लिएको हो ।

बिहीबार दिउँसो आयोगले ६० किलो र ९ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका लागि महरासँग बयान लिएको छ । महरासँग आयोगले करिब डेढ घण्टा लामो बयान लिएको बताइएको छ । यस्तै विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग पनि आयोगले बयान लिएको हो ।

माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरा ९ किलो सुन प्रकरणमा जोडिएका थिए। भेपमार्फत तस्करी गरिएको सुन प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको प्रतिवेदनमा लिंक चार्ट बनाएको थियो। जसमा सुन तस्करका मुख्य नाइके भनिएका दाओजिन वाङसँग महराको पटक पटक सम्पर्क भएको देखिएकोले लिंक चार्टमै सिआइबीले महराको नाम उल्लेख गरेको थियो।

साथै महराका छोरा राहुल पनि यस प्रकरणमा जोडिएको प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले पुष्टी गरिसकेको छ । केही समय अघि पुरक अनुसन्धान गरी राहुललाई सिआइबीले पक्राउ गरेको थियो। महराका छोरा राहुल हाल पुर्पक्षको लागि थुनामा छन्। आयोगले ६० किलो र ९ किलो सुन तस्करी भेप मार्फत गरिएको सुन तस्करीको बारेमा थप अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस