आज:  | Sat, 27, Jul, 2024

नीलकण्ठ प्रभाह पुस्तक विमोचन तथा प्रज्ञा प्रतिष्ठानको दोस्रो परिषदको बैठक आज सम्पन्न

२७ माघ २०८०, शनिबार २०:०३ मा प्रकाशित ( ५ महिना अघि) १५८ पाठक संख्या
नारी बाटिका


भगवती बिबियु

धादिङ २७ माघ ।

नीलकण्ठ प्रभाह पुस्तक विमोचन तथा नीलकण्ठ प्रज्ञा प्रतिष्ठानको दोस्रो परिषदको बैठक आज सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिकाभित्र रहेका भाषा, साहित्य, कला, सङ्गीत, संस्कृति, ज्ञानविज्ञान, प्रविधि समाजशास्त्र र दर्शनशास्त्रको सम्वद्र्धन, विस्तार र विकास गरी यसको बाहुल्यतालाई सवलीकरण गर्न तथा यस नगरपालिकाभित्र रहेका सम्पदाहरुको अध्ययन, अन्वेषण गर्न,नगरपालिकाको सहयोगमा गठन भएको यस प्रज्ञा प्रतिष्ठानको दोस्रो परिषदको बैठक शनिबार सम्पन्न भएको हो ।

नगरपालिकाभित्र जन्म भई देशभर छरिएर बसेका साहित्य,सिर्जना र वौदिकताको सम्रक्षण गर्दै मौलिकता बनाउने उचित वातावरण तयार गर्न, विद्वान एवम् प्रतिभाहरुको सम्मान गर्न, सिर्जनात्मक र रचनात्मक कार्यमा सहभागिता बढाउन गतिविधिहरु सञ्चालन गर्न नीलकण्ठ नगरपालिकाद्वारा स्थापना भई विभिन्न सिर्जनात्मक कार्यहरु गर्दै आएको नीलकण्ठ प्रज्ञा प्रतिष्ठान परिषद्को दोस्रो बैठक आज प्राज्ञ तथा वौद्धिक व्यत्तित्वहरुको सहभागितामा सम्पन्न गरेको छ । 

प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद दाहालको अध्यक्षतामा बसेको उक्त बैठकको प्रमुख आतिथ्यता प्रतिष्ठानका सम्रक्षक एवं नीलकण्ठ नगर प्रमुख भिम प्रशाद ढुंगानाले गर्नु भएको थियो । त्यसैगरी विशिष्ट आतिथ्यतामा वरिष्ठ पत्रकार,नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व प्राज्ञ सदस्य नरनाथ लइँटेल,सहायक प्रमुख जिल्ला अधिकारी होमनाथ पराजुली,प्रहरी प्रमख गोतम मिश्र,नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्मा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी,डा.रामहरी लम्साल रहनु भएको थियो । 

नीलकण्ठ प्रज्ञा प्रतिष्ठान ऐन, २०७९ अनुरुप साधारण, संस्थागत (पदेन) मानार्थ र आजीवन गरी चार प्रकारका सदस्यहरु रहने र ती सबै नीलकण्ठ प्रज्ञा परिषद्को सदस्य रहने प्रावधान रहेको छ । परिषद्मा कुल ४७ जना सदस्यहरु सहभागि रहनु भएको छ । प्रमुख अतिथि एव्ं नगर प्रमुख भिम प्रशाद ढुंगानाले पानसमा दियो प्रज्वलन गरी शुभारम्भ गरिएको हो ।

कार्यक्रममा नाट्य सम्राट् स्व.बालकृष्ण समको १२२ औं जन्मजयन्तीको अवसरमा स्रष्टा भगवती उप्रेती, साहित्यकार हरि खनाल, प्रा. रामहरि दाहाल, प्रा.डा. रामचन्द्र लम्साल शुभकामना मन्तव्य राख्नु भएको थियो । साथै धादिङको माटोमा जन्म लिएर देश तथा विदेशमा नेपाली भाषा र साहित्यक जगतमा गरिएको योगदानको चर्चा गर्नु भएको थियो । साथै प्रतिष्ठानद्वारा नीलकण्ठ प्रभाह नामक पुस्तक प्रकाशन गरिएको थियो । उत्त पुस्तकको विमोचन प्रमुख अतिथी भिम प्र.ढुगानाबाट गरिएको थियो । 

कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष डा.गणेश प्रसाद धमलाले स्वागत मन्तव्य राख्नु भएको थियो भने सदस्य सचिब प्रकाश पौडेलले आर्थिक वर्ष २०७९।८० मा सम्पन्न गरिएका कार्यक्रमहरु, अबको आर्थिक वर्ष २०८०।८१ का लागि नीति, कार्यक्रमहरु समेटिएको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

नगरप्रमुखले समग्र स्रष्टा, प्राज्ञहरुलाई आफ्नो जन्मभूमिका लागि गरिने योगदानमुखी कार्यक्रममा नगरपालिका सदैव सहयोगी रहने र उहाँहरुको विज्ञतामा आफु जहिल्यै कृतज्ञ रहेको बताउनु भयो । नगरभित्र भएका मौलिक सम्पदाहरुको संरक्षण गर्दै रचनात्मकताको श्रीबृद्धिमा एकजुट भएर लाग्ने प्रतिवद्धता सहित पहिलो परिषद् सम्पन्न भएको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस