आज: २०८३ बैशाख १८, शुक्रबार | Fri, 01, May, 2026

अवैध मानिएको हुण्डी कारोबार गर्ने एक चिनियाँ नागरिक पक्राउ

२०८० फागुन १७, बिहिबार मा प्रकाशित ( २ साल अघि) १०७७१ पटक पढिएको
नारी बाटिका


काठमाडौं १७ फागुन ।

अवैध मानिएको हुण्डी कारोबार गर्ने एक चिनियाँ नागरिक पक्राउ परेका छन् । अवैध रुपमा नेपालमा हुण्डीको कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

नेपालमा पक्राउ पर्ने चीनको सङ्घाई घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघर बस्ने २८ वर्षीय झोउ जियायु नाम रहेका नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनु भयो ।

निजले गैरकानुनी रुपमा काठमाडौँ उपत्यकाभित्र नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरीत हुण्डी मार्फत वित्तीय कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा उनलाई काठमाडौँ महानगरपालिका–२ लाजीम्पाटबाट पक्राउ गरिएको थियो ।

पक्राउ परेका चिनियाँ नागरिक जियायुको साथबाट नेपाली एक हजार दरको नोट आठ लाख तथा पाँच सय दरको नोट चार लाख बरामद गरिएको प्रवक्ता रेग्मीले बताउनु भयो । निजलाई नेपाल राष्ट्र बैंक अन्तर्गतको अपराध कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसरको कार्यलय टेकुमा पठाइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस