आज:  | Sat, 27, Jul, 2024

धादिङमा बालिका करणी गर्ने शिक्षक पक्राउ

२० फाल्गुन २०८०, आईतवार ०७:४२ मा प्रकाशित ( ४ महिना अघि) १४०६ पाठक संख्या
नारी बाटिका


धादिङ -२० फागुन ।

धादिङमा बालिका करणी गर्ने एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका–४ कालिदेवी माविका शिक्षक ३२ वर्षीय शिव थापामगर रहेका छन् ।

शिक्षक थापा बिरुद्ध सोही पालिकास्थित नाम नखुलेकी एक १५ वर्षीया नाबालिकालाई करणी गरेको आरोपमा बिहिबार जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी परेको थियो ।

निजले बालिकालाई बलात्कार गरेको आरोपमा उजुरी प्रहरीमा उजुरी दर्ता भएपछि सिद्धलेक–४ घर भएका ३२ वर्षीय शिव थापामगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

शिक्षक थापाले पीडित नाबालिकालाई पटक पटक बलात्कार गरेको भन्दै पीडितका पक्षबाट बिहिबार उजुरी दिएको प्रहरी कार्यलय धादिङका ईन्स्पेक्टर अभया लामाले बताउनु भयो । आरोपित शिक्षकले गत मंसिरको अन्तिमसम्म पनि बलात्कार गरेको खुल्न आएको छ । पीडितको स्वास्थ्य परिक्षणका लागी धादिङ अस्पतालमा लगिएको थियो ।

आरोपित शिक्षकलाई धादिङ जिल्ला अदालतबाट अनुमती लिई “जबरजस्ती करणी” गरेको कसुर सम्वन्धि मुद्दामा हिरासतमा राखी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%२%२%८%

प्रतिक्रिया दिनुहोस